मुख्य समाचार
सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित
सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित

— कसिलो बलिङ गरेको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटको सोमबारको दोस्रो खेलमा चितवन राइनोजमाथि ५ विकेटको विजय हात पारेको छ ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको चितवनलाई त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले १२९/६ को स्कोरमा रोकेको थियो । जवाफमा सुदूरपश्चिमले १६.४ ओभरमै लक्ष्य पूरा गर्‍यो ।

खेलको सुरुआत सातौं स्थानमा रहेर गरेको सुदूरपश्चिम यस जितपछि तेस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले चौथो खेलमा दोस्रो विजय हात पारेको हो । चितवनको तेस्रो खेलमा यो पहिलो पराजय हो । टोली ३ अंकसहित चौथो स्थानमा छ ।

सुदूरपश्चिमका ओपनरद्वय सैफ जैब २ र विनोद भण्डारी ११ रनमा आउट भए । अघिल्लो खेलमा ड्रप गरिएका ब्रान्डन म्याकमुलनले २१ बलमा ४३ रन बनाए । उनले क्रिजमा आउनेबित्तिकै रिजन ढकाललाई एकै ओभरमा ३ चौका र १ छक्का प्रहार गरे ।

तर रञ्जित कुमारले लगातार बलमा म्याकमुलन र कप्तान दीपेन्द्रसिंह ऐरीलाई आउट गरी चितवनलाई आशा देखाएका थिए । दीपेन्द्र पहिलो बलमै बोल्ड भए । इशान पाण्डे २९ बल खेली २ चौका प्रहार गरी २५ रनमा आउट भए ।
६ बल खेली समान १ चौका र १ छक्का प्रहार गरी १५ रनमा आउट भए ।

चितवनको कप्तानी सिकन्दर रजाले गरेका थिए । अघिल्लो खेलमा रवि बोपाराले चितवनको कप्तानी गरेका थिए । जिम्बावेबाट खेलिरहेका कारण रजा भने त्यो खेलमा थिएनन् । अघिल्ला दुई सिजन कप्तानी गरेका कुशल मल्ल सोमबारको खेलमा पनि प्लेइङ ११ मा रहेका छैनन् ।

रजाले २० बल खेली १ चौकासहित १५ रनमात्र बनाउन सके । उनलाई देब्रेहाते स्पिनर अनिल खरेलले आउट गरे । बोपाराले सर्वाधिक ४९ रन बनाए । सो क्रममा उनले सबै खाले ट्वान्टी–२० मा १० हजार रन पूरा गरेका थिए । बोपाराले ४० बलको इनिङ्समा ३ चौका र २ छक्का प्रहार गरे ।

सुदूरपश्चिमका स्कट कुग्लेनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । हेमन्त धामी, दीपेन्द्र र अनिलले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको दशौं खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै काठमाडौं गोर्खाजले पहिलो जित दर्ता गरेको छ। काठमाडौंसँग हार्दा कर्णालीको भने यो पहिलो हार हो। लगातार २ जित पछि कर्णाली आज पराजित भएको हो। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन ...
: नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको आठौं खेलमा सुदूरपश्चिम रोयल्स विराटनगर किंग्ससँग ३५ रनले पराजित भएको छ। किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा निकै ढिलो गरि सुरु भएको खेलमा टस हारेर ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित ५ ओभरमा १०५ रन बनाएको थियो। विराटनगरले दिएको १०६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले निर्धारित ५ ओभरमा ३ विकेट गुमाउँदै ७० रन ...
। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द गरिएको छ । लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए । उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै ...
। नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नपाएपछि पाकिस्तान फर्किन लागेका इफ्तिखार अहमदले नेपालप्रति आभार व्यक्त गरेका छन्। जनकपुर बोल्ट्सका पाकिस्तानी खेलाडी इफ्तिखारले सामाजिक सञ्जालमार्फत नेपालमा पाएको आतिथ्यका लागि धन्यवाद दिएका हुन्। उनले लेखेका छन्, ‘नेपाल, हामीलाई आतिथ्य प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद। यहाँ आउन पाउँदा निकै खुसी लाग्यो। इन्शाअल्लाह, फेरि छिट्टै भेटौँला।’ पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले ...
। उपत्यकामा दुई दिनदेखि जारी वर्षा रोकिएको छ । वर्षा रोकिएर घाम लागेसँगै भिजेको त्रिवि क्रिकेट मैदान सुकाउन थालिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच आज ५ बजेदेखिका लागि खेल तोकिएको छ । यद्यपि खेल हुने वा नहुने निश्चित भइसकेको छैन । यसअघि आज दिउँसो १२ बजेका लागि ...