मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको बताए
प्रधानमन्त्री बालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको बताए

: प्रधानमन्त्री बालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले सम्पूर्ण स्थानीय तहबाट आगामी एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रुपमा सञ्चालन गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरिएको जानकारी दिए।

रास्वपाका वरिष्ठ नेतासमेत रहेका बालेनले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेकै राज्य र नागरिकबीचको दुरी घटाउनु रहेको स्पष्ट पारेका छन्। ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेकै राज्य र नागरिकबिचको दुरी घटाउनु हो। राज्यका सेवा सुविधा पाउन टाढाका कार्यालयहरूसम्म सहजरूपमा पुग्नु नभई आवश्यक कार्यालय र तिनका सेवाहरू नागरिकसँग पुग्नु यसको अन्तिम लक्ष्य हो। यहि मर्मलाई आत्मसात गर्दै नेपाल सरकारले आफ्नो शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचीको अभिन्न अङ्गका रूपमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको छ।’

उनले भूमि प्रशासनका सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएकोमा हालसम्म विभिन्न ३३ वटा स्थानीय तहबाट सेवा सफलतापूर्वक सञ्चालन भइरहेको उल्लेख गरे। उनले भने,‘यसै लक्ष्य अनुरुप नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले गरेका व्यवस्था बमोजिम भूमि प्रशासनका सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएकोमा हालसम्म विभिन्न ३३ वटा स्थानीय तहबाट उक्त सेवा सफलतापूर्वक सञ्चालन भइरहेको छ। यस प्रक्रियालाई थप गति दिँदै बाँकी रहेका सम्पूर्ण स्थानीय तहहरुबाट समेत आगामी एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रुपमा सञ्चालन गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरिएको छ।’

प्रधानमन्त्री बालेनले उक्त कार्यमा स्थानीय तहलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको बताए। उनले नेपाल सरकारको पहलबाट स्थानीय तहले भूमि प्रशासन सम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकारको पूर्ण प्रयोग गर्न पाउने विश्वास व्यक्त गरे।

उनले भने, ‘नागरिकलाई जग्गासम्बन्धी सेवा दिने भूमि प्रशासन तथा नापी कार्यालयहरु नागरिकको थप निकट, सरल र सहज हुनेछन् भने अधिकारलाई केन्द्रमा सिमित गर्ने कानूनी प्रावधानहरू खुकुला हुँदै जानेछन् भन्ने नेपाल सरकारको विश्वास छ।।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित लागुऔषध खैरो हेरोइन र ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार मध्यपुरथिमि नगरपालिका-२ स्थित दिव्यश्वरी प्लानिङ क्षेत्रमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपककुमार कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा कपिलवस्तुका वसन्तबहादुर खत्री रहेका छन् । उनको साथबाट ४२ दशमलव ८४ ग्राम खैरो ...
: चिकित्सा शिक्षा क्षेत्रको सुधार र विगतका सम्झौताहरू कार्यान्वयनको माग राख्दै इलाममा २५औँ आमरण अनसन (सत्याग्रह) मा बसेका वरिष्ठ चिकित्सक प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चौथोै दिनमा निकै नाजुक बनेको छ। स्वास्थ्यमा गम्भीर र जीवन जोखिमपूर्ण जटिलताहरू देखिएपछि उनलाई शनिबार जिल्ला अस्पताल इलामको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । जिल्ला अस्पताल इलामका निमित्त मेडिकल ...
: नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अलोकतान्त्रिक भएको आरोप लगाएका छन्। महोत्तरीको बर्दिबासमा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले पत्रकारमाथि प्रहरी लगाएर धरपकड गर्नु गलत भएको टिप्पणी गरेका हुन्। प्रचण्डले आम जनताले पनि सरकारको कार्यशैली बुझ्न थालेको र बौद्धिक समुदायले सरकारप्रतिको धारणा स्पष्ट पारिसकेको बताए। उनले भने, ‘आम जनताले महसुस गर्न थालिसके। बौद्धिक समुदाय त स्पष्ट ...
: भारी हिमपातका कारण शे-फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सोमबार बिहान ६ जना पर्यटकलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको हो। null डोल्पा प्रहरीका अनुसार शे-फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर थप अपर डोल्पाको यात्रामा हिँडेका भारतीय छ पर्यटकहरू केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए ...
: प्रधानमन्त्री बालेन्द्र शाहले उम्किने सपना देख्नेहरूलाई कडा चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिएका हुन्। 'सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,' उनले भनेका छन्। प्रधानमन्त्री शाहले कोप्रति लक्षित गर्दै स्टाट्स लेखे भन्ने कुरा खुलाएका छैनन्। प्रधानमन्त्रीको स्टाटसमा उनका प्रमुख सल्लाहकार कुमार बेनले 'सही समय भनेको शनिबार ...