मुख्य समाचार
ग्यास उद्योगलाई मर्जरमा लैजाने निगमको योजना,उद्योगीहरूलाई पत्राचार
ग्यास उद्योगलाई मर्जरमा लैजाने निगमको योजना,उद्योगीहरूलाई पत्राचार

: नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ। नेपालमा विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने गरी काम अघि बढाइएको ई. विनितमणि उपाध्यायले जानकारी दिए।

उनका अनुसार निगमले कात्तिक १२ गते सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार एकआपसमा उद्योग गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना बनाई प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ ।

हाल नेपालमा विभिन्न ब्रान्डका ५८ ग्यास उद्योग सञ्चालनमा छन्। एउटा कम्पनीको ग्यास सिलिण्डर अर्को कम्पनीले नसाट्दा उपभोक्ता समस्यामा पर्दै आएका छन्। साट्नुपर्ने डिलरले अतिरिक्त शुल्क लिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री बालेन्द्र शाहले उम्किने सपना देख्नेहरूलाई कडा चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिएका हुन्। 'सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,' उनले भनेका छन्। प्रधानमन्त्री शाहले कोप्रति लक्षित गर्दै स्टाट्स लेखे भन्ने कुरा खुलाएका छैनन्। प्रधानमन्त्रीको स्टाटसमा उनका प्रमुख सल्लाहकार कुमार बेनले 'सही समय भनेको शनिबार ...
: शरद ऋतुको यो सिजनमा नेपालका पदमार्ग र हिमालका बेसक्याम्प आरोहीले भरिभराउ छन्। मनास्लु, आमादब्लम र हिमलुङजस्ता चुचुराहरू चढ्न संसारभरका १ हजार ४ सय बढी पर्वतारोहीले पर्यटन विभागबाट अनुमति लिइसकेका छन्। धेरै चुली र डाँडाहरू चढ्न पदयात्रीहरू तम्तयार छन्। केही दिनको झरी र हिमपातपछि खुलेको मौसमले उनीहरू उत्साहित छन्। तर, सोलुखुम्बु र रामेछापको सिमानामा आकाशतिर फर्किएर ...
: नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ। नेपाल सरकारको आपूर्ति मन्त्रालयको सहयोगमा आयोजना हुन लागेको मेलामा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघ सहआयोजकका रूपमा रहनेछन्। आयोजकका अनुसार मेला आगामी २०८३ मंसिर १७ गतेदेखि २१ गतेसम्म पाँच दिन ...
: जिल्ला प्रशासन कार्यालय भक्तपुरले बाहिरी जिल्लाको पहिलो नागरिकता प्रतिलिपी जारी गरेको छ। नागरिकताको प्रतिलिपी लिन आएका ओखलढुंगाका सेवाग्राही कपिल भट्टराईलाई सोमबार प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले प्रतिलिपी हस्तान्तरण गरेका छन्। नेपाल नागरिकता (पाचौं संशोधन) नियमावली २०८३ को नियम १६(घ) बमोजिम अन्य जिल्लाबाट समेत नागरिकता प्रतिलिपी लिने ब्यवस्था भएको र गृह मन्त्रालयको २०८३ कात्तिक ९ गतेको ...
: रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति आयोजनाको ठेक्का तोडिएको हो। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडेर ...