मुख्य समाचार
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा

: लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिने क्रममा कपिलवस्तुमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ। कपिलवस्तुको वाणगंगा नगरपालिका–३ राजापानीस्थित राधाकृष्ण खाजा पसलमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपरा र लागूऔषध नियन्त्रण ब्युरो भैरहवाको संयुक्त टोली त्यहाँ पुगेको थियो।

प्रहरीलाई देखेपछि भाग्न खोजेका दुई जनालाई नियन्त्रणमा लिने क्रममा प्रहरी नायब निरीक्षक सागर भट्टराईले बोकेको पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए। प्रहरी नायब उपरीक्षक सिंहका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का २६ वर्षीय सलाउदिन मुसलमान र वाणगंगा नगरपालिका–६ का २९ वर्षीय उमेश थारू रहेका छन्।

उनीहरूको साथबाट २८ ग्राम ८२० मिलिग्राम शुद्ध तौलको ब्राउन सुगरजस्तो देखिने खैरो गिलो पदार्थ र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पिपरामा राखिएको छ।

जिल्लामा लागूऔषध कारोबारी र सेवनकर्ताहरूको सञ्जाल तोड्न प्रहरीले हरसम्भव प्रयास गरिरहेको प्रहरी उपरीक्षक मनोहर कुमार भट्टले बताए। ‘लागूऔषध नियन्त्रणको विषय प्रहरीका लागि गम्भीर विषय हो,’ प्रहरी उपरीक्षक भट्टले भने, ‘लागूऔषधको विषयमा शून्य सहनशीलता अपनाएर हामी अघि बढेका छौँ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री बालेन्द्र शाहले उम्किने सपना देख्नेहरूलाई कडा चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिएका हुन्। 'सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,' उनले भनेका छन्। प्रधानमन्त्री शाहले कोप्रति लक्षित गर्दै स्टाट्स लेखे भन्ने कुरा खुलाएका छैनन्। प्रधानमन्त्रीको स्टाटसमा उनका प्रमुख सल्लाहकार कुमार बेनले 'सही समय भनेको शनिबार ...
: शरद ऋतुको यो सिजनमा नेपालका पदमार्ग र हिमालका बेसक्याम्प आरोहीले भरिभराउ छन्। मनास्लु, आमादब्लम र हिमलुङजस्ता चुचुराहरू चढ्न संसारभरका १ हजार ४ सय बढी पर्वतारोहीले पर्यटन विभागबाट अनुमति लिइसकेका छन्। धेरै चुली र डाँडाहरू चढ्न पदयात्रीहरू तम्तयार छन्। केही दिनको झरी र हिमपातपछि खुलेको मौसमले उनीहरू उत्साहित छन्। तर, सोलुखुम्बु र रामेछापको सिमानामा आकाशतिर फर्किएर ...
: नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ। नेपालमा विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने गरी काम अघि बढाइएको ई. विनितमणि उपाध्यायले जानकारी दिए। उनका अनुसार निगमले कात्तिक १२ गते सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत ...
: नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ। नेपाल सरकारको आपूर्ति मन्त्रालयको सहयोगमा आयोजना हुन लागेको मेलामा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघ सहआयोजकका रूपमा रहनेछन्। आयोजकका अनुसार मेला आगामी २०८३ मंसिर १७ गतेदेखि २१ गतेसम्म पाँच दिन ...
: जिल्ला प्रशासन कार्यालय भक्तपुरले बाहिरी जिल्लाको पहिलो नागरिकता प्रतिलिपी जारी गरेको छ। नागरिकताको प्रतिलिपी लिन आएका ओखलढुंगाका सेवाग्राही कपिल भट्टराईलाई सोमबार प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले प्रतिलिपी हस्तान्तरण गरेका छन्। नेपाल नागरिकता (पाचौं संशोधन) नियमावली २०८३ को नियम १६(घ) बमोजिम अन्य जिल्लाबाट समेत नागरिकता प्रतिलिपी लिने ब्यवस्था भएको र गृह मन्त्रालयको २०८३ कात्तिक ९ गतेको ...