मुख्य समाचार
नेपाल भ्रमणमा रहेका स्विट्जरल्याण्ड नेशनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटवार्ता
नेपाल भ्रमणमा रहेका स्विट्जरल्याण्ड नेशनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटवार्ता

: नेपाल भ्रमणमा रहेका स्विट्जरल्याण्ड नेशनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

सोमबार सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा छलफल भएको थियो। भेटवार्ताका क्रममा राष्ट्रिय सभा अध्यक्ष दाहालले स्विट्जरल्याण्डले नेपाललाई विकास साझेदारका रूपमा विभिन्न विपद् तथा विकास निर्माणका कार्यहरूमा गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे। साथै, आगामी दिनहरूमा पनि यो सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिएको जानकारी अध्यक्ष दाहालले दिए। नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ चलिरहेको सन्दर्भमा दुवै पक्षले एक-अर्कालाई शुभकामना आदानप्रदान गरेका थिए।

त्यसैगरी, स्विट्जरल्याण्डमा रहेका ठूला तथा विश्वस्तरीय औषधि उत्पादक कम्पनीहरूमार्फत नेपालमा पनि सरकारी स्तरमा उद्योग स्थापना गर्न सकिएमा नेपाली जनतालाई धेरै सहुलियत पुग्ने धारणा आफूले राखेको अध्यक्ष दाहालले बताए।

स्विट्जरल्याण्ड नेशनल काउन्सिलका अध्यक्ष पाजले नेपालको आवश्यकता अनुसार सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, दुई देशका संसद्बीच अभ्यास तथा अनुभव आदानप्रदान गर्न र सम्बन्धलाई अझ सुदृढ बनाउन संसदीय मैत्री समूह गठन गरी सहकार्य गर्ने विषयमा छलफल भएको जानकारी अध्यक्ष दाहालले दिए।

अध्यक्ष पाज ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार नै काठमाडौँ आइपुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री बालेन्द्र शाहले उम्किने सपना देख्नेहरूलाई कडा चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिएका हुन्। 'सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,' उनले भनेका छन्। प्रधानमन्त्री शाहले कोप्रति लक्षित गर्दै स्टाट्स लेखे भन्ने कुरा खुलाएका छैनन्। प्रधानमन्त्रीको स्टाटसमा उनका प्रमुख सल्लाहकार कुमार बेनले 'सही समय भनेको शनिबार ...
: शरद ऋतुको यो सिजनमा नेपालका पदमार्ग र हिमालका बेसक्याम्प आरोहीले भरिभराउ छन्। मनास्लु, आमादब्लम र हिमलुङजस्ता चुचुराहरू चढ्न संसारभरका १ हजार ४ सय बढी पर्वतारोहीले पर्यटन विभागबाट अनुमति लिइसकेका छन्। धेरै चुली र डाँडाहरू चढ्न पदयात्रीहरू तम्तयार छन्। केही दिनको झरी र हिमपातपछि खुलेको मौसमले उनीहरू उत्साहित छन्। तर, सोलुखुम्बु र रामेछापको सिमानामा आकाशतिर फर्किएर ...
: नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ। नेपालमा विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने गरी काम अघि बढाइएको ई. विनितमणि उपाध्यायले जानकारी दिए। उनका अनुसार निगमले कात्तिक १२ गते सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत ...
: नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ। नेपाल सरकारको आपूर्ति मन्त्रालयको सहयोगमा आयोजना हुन लागेको मेलामा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघ सहआयोजकका रूपमा रहनेछन्। आयोजकका अनुसार मेला आगामी २०८३ मंसिर १७ गतेदेखि २१ गतेसम्म पाँच दिन ...
: जिल्ला प्रशासन कार्यालय भक्तपुरले बाहिरी जिल्लाको पहिलो नागरिकता प्रतिलिपी जारी गरेको छ। नागरिकताको प्रतिलिपी लिन आएका ओखलढुंगाका सेवाग्राही कपिल भट्टराईलाई सोमबार प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले प्रतिलिपी हस्तान्तरण गरेका छन्। नेपाल नागरिकता (पाचौं संशोधन) नियमावली २०८३ को नियम १६(घ) बमोजिम अन्य जिल्लाबाट समेत नागरिकता प्रतिलिपी लिने ब्यवस्था भएको र गृह मन्त्रालयको २०८३ कात्तिक ९ गतेको ...