मुख्य समाचार
कांग्रेसका सभापति गगनकुमार थापाले सरकार स्वेच्छाचारी र हुकुमी शैलीतर्फ अग्रसर भएको आरोप
कांग्रेसका सभापति गगनकुमार थापाले सरकार स्वेच्छाचारी र हुकुमी शैलीतर्फ अग्रसर भएको आरोप

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार स्वेच्छाचारी र हुकुमी शैलीतर्फ अग्रसर भएको आरोप लगाएका छन्। पार्टी कार्यालय सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधान,प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका विषयमा सरकारले देखाएको पछिल्लो व्यवहारले आफूहरूलाई चिन्तित बनाएको बताए।

मिडिया हाउसमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने र चौतर्फी विवाद भएपछि उन्मुक्ति दिने सरकारको शैली आपत्तिजनक रहेको उनको भनाइ छ।

‘हामीले जे बोल्यौँ, त्यही नै हुकुम हो र सरकारको इच्छा नै कानुन हो भन्ने सोच जब शासकमा आउँछ,तब देशमा समस्या सुरु हुन्छ,’थापाले भने,‘सरकारको यो प्रवृत्तिले साँच्चिकै हामीलाई चिन्तित बनाएको छ।’

उनले नागरिकले मात्रै नभई सरकारले पनि कानुनको पालना गर्नुपर्ने बताए। यस्तै,विचौलियासम्बन्धी विषय बाहिर आएको उल्लेख गर्दै उनले त्यसको गहिराइसम्म पुगेर अनुसन्धान गर्नुपर्ने बताए। यसमा जो–जो संलग्न छन्,उनीहरूलाई कारबाही गर्नुपर्ने उनको भनाइ थियो।

‘यसको गहिराइसम्म अनुसन्धान होस्। जो–जो संलग्न हुन्छन्,दोषीमाथि कारबाही होस्। यसमा सरकारलाई हाम्रो पूर्ण साथ रहन्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ। नेपालमा विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने गरी काम अघि बढाइएको ई. विनितमणि उपाध्यायले जानकारी दिए। उनका अनुसार निगमले कात्तिक १२ गते सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत ...
: नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ। नेपाल सरकारको आपूर्ति मन्त्रालयको सहयोगमा आयोजना हुन लागेको मेलामा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघ सहआयोजकका रूपमा रहनेछन्। आयोजकका अनुसार मेला आगामी २०८३ मंसिर १७ गतेदेखि २१ गतेसम्म पाँच दिन ...
: जिल्ला प्रशासन कार्यालय भक्तपुरले बाहिरी जिल्लाको पहिलो नागरिकता प्रतिलिपी जारी गरेको छ। नागरिकताको प्रतिलिपी लिन आएका ओखलढुंगाका सेवाग्राही कपिल भट्टराईलाई सोमबार प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले प्रतिलिपी हस्तान्तरण गरेका छन्। नेपाल नागरिकता (पाचौं संशोधन) नियमावली २०८३ को नियम १६(घ) बमोजिम अन्य जिल्लाबाट समेत नागरिकता प्रतिलिपी लिने ब्यवस्था भएको र गृह मन्त्रालयको २०८३ कात्तिक ९ गतेको ...
: रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति आयोजनाको ठेक्का तोडिएको हो। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडेर ...
: विपक्षी दलहरूको बैठकले तत्काल संघीय संसद्को बैठक बोलाउन आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली कांग्रे संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग सम्बन्धित कुरा, न्यायालय र प्रहरीमाथि उठेका प्रश्न तथा पत्रकारहरूमाथि भएको धरपकड लगायतका विषयमा छलफल भएको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए। उनका अनुसार, पछिल्लो समय सार्वजनिक सम्पूर्ण विषयको ...