मुख्य समाचार
जुगल हिमश्रृंखलामा अन्र्तगत ६ हजार ५ सय १८ मिटर उचाईको ‘जुगल २’ मा पहिलो पटक मानव पाइला
जुगल हिमश्रृंखलामा अन्र्तगत ६ हजार ५ सय १८ मिटर उचाईको ‘जुगल २’ मा पहिलो पटक मानव पाइला

: सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रहेको जुगल हिमश्रृंखलामा अन्र्तगत ६ हजार ५ सय १८ मिटर उचाईको ‘जुगल २’ मा पहिलो पटक मानव पाइला पुगेको छ।

स्पेनका तीन सदस्यीय पर्वतारोहीको टोलीले यही कात्तिक ९ गते आरोहणका लागि अत्यन्तै कठिन मानिएको जुगल २ को सफल आरोहण गरेको जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङले जानकारी दिए। स्पेनी आरोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल २ को सफल आरोहण गरेका हुन्। ‘स्पेनी आरोहीसहितको समूह सफलतापूर्वक हिमाल आरोहण गरी आधारशिविरतर्फ फर्किएका छन्,’ ‘तामाङले भने। आरोहण सम्पन्न भएको जानकारी ‍आफूहरुलाई स्याटेलाइटमार्फत प्राप्त भएको उनको भनाइ छ।

आरोहण दलका स्थानीय पथप्रदर्शक लाक्पा शेर्पासँग भएको छोटो सम्पर्कमा उनले आरोहण समूहले जुगल २ को सफलतापूर्वक आरोहण गरी आधारशिविर आईपुगेको बताए। ‘कार्तिक ८ गते साँझदेखि नै मौसम बिग्रिएर हिउँ पर्न थालेपछि अलि समस्या परेको थियो, ‘शेर्पाले भने, ‘तर आरोहण समूहको सबै सदस्यहरुको साहसले त्यो समस्यालाई समाधान गरी हिमाल आरोहण सफलतापूर्व सम्पन्न हुन सफल भयो ।’ उनका अनुसार आरोहण समूहले असोज ३० गते आरोहण यात्रा प्रारम्भ गरेको थियो।

कठिन हिमालको सफलतापूर्वक आरोहण गरेकोमा गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले आरोहीहरुलाई बधाई दिँदै उनीहरु इतिहास रच्न सफल भएकोमा खुशी व्यक्त गरेका छन्। ‘चुनौतीपूर्ण मानिएको यो शिखरमा पहिलो पाइला टेक्न सफल सम्पूर्ण स्पेनिस आरोही टोली तथा यो अभियानसँग जोडिनु भएका सम्पूर्णमा हार्दिक बधाई ज्ञापन गर्दछु,’ सफल आरोहणको जानकारी पाएलगत्तै उनले प्रतिक्रिया दिए, ‘यस ऐतिहासिक सफलताले नेपालको हिमाली पर्यटन र विशेष गरी जुगल हिमशृङ्खलाको गरिमालाई अन्तर्राष्ट्रियस्तरमा अझ उच्च बनाएको छ। आगामी दिनमा पनि यस्तै साहसिक आरोहणहरूको अपेक्षा गर्दछौं।’

हिमाल आरोहण, पदमार्ग प्रवर्धन र पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिँदै सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको छ। भ्रमण वर्षको कार्यक्रम अन्र्तगतनै जुगल २ को सफलतापूर्वक आरोहण भएको स्याङ्बोको भनाई छ। ‘गन्तव्य जुगल’ अभियानमार्फत हिमाल, पदमार्ग, धार्मिक तथा सांस्कृतिक सम्पदा र साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य गाउँपालिकाले लिएको उनले बताए।

‘भ्रमण वर्षको घोषणासँगै जुगल हिमाल आरोहणतर्फ पर्वतारोहीहरूको आकर्षण बढेको छ,’ जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष एवम् पर्यटन व्यवसायी तामाङले भने, ‘भ्रमण वर्षको सुरुमै विदेशी तथा स्वदेशी पर्वतारोही ठूलो संख्यामा जुगल हिमाल प्रति आकर्षित हुनु खुसीको कुरा हो।’ उनका अनुसार हालसम्म ६ वटा समूहले जुगल हिमाल आरोहणको प्रयास गरिसकेका छन्। हिमाल आरोहणका लागि बेलायती, अमेरिकी, जापानी र कोरियन नागरिकहरू जुगल क्षेत्रमा आउने क्रम जारी रहेको उनले बताए। ‘जुगल २ को आरोहणले अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्वतीय पर्यटनको क्षेत्र विस्तार थप गरेको छ,’ तामाङले भने, ‘यस आरोहणले पाइला नै नपरेका जुगल हिमशृङखलामा पर्ने थप हिमालहरूको आरोहणलाई बढावा दिई मुलुकको पर्वतीय पर्यटनलाई चिनाउन विश्वव्यापी आह्वान गर्नेछ।’

सकारले वि.सं. २०७९ चैत २८ मा जुगल गाउँपालिकामा पर्ने ६ हजार ५ सय ९१ मिटर अग्लो जुगल १, ६ हजार ५ सय १८ मिटर अग्लो जुगल २, ६ हजार १ सय ८४ मिटर अग्लो जुगल ३, ५ हजार ९ सय ३६ मिटर अग्लो जुगल ४ र ५ हजार ९ सय २२ मिटर अग्लो जुगल ५ लाई पर्वतारोहण प्रयोजनका लागि खुला गर्ने निर्णयसँगै सो हिमालमा व्यावसायिक आरोहण गर्ने बाटो खुलेको थियो। जुगल गाउँपालिका काठमाडौं उपत्यकाबाट ९० किलोमिटर उत्तरपूर्वमा पर्छ। जुगल हिमशृङ्खलामा ६ हजार मिटर भन्दा अग्ला ८ वटा चुचुरो रहेको छन्। यसअघि २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा जुगल हिमशृङखला अन्तर्गतको ६ हजार १ सय २६ मिटर अग्लो ग्याल्चेन पीक र २०७७ कात्तिक ४ गते सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात जनाको टोलीले ६ हजार १ सय ८४ मिटर अग्लो जुगल ३ हिमाल आरोहण गरेका थिए।

विदेशी पर्वतारोहीले भने २०८१ वैशाखमा पहिलो पटक जुगल १ को सफल आरोहण गरेका थिए। नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएका अवसरमा ३ नेपालीसहित ७ कोरियन आरोहीले ६ हजार ५ सय ९१ मिटर अग्लो जुगल १ को आरोहण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दशैंको टिकाका दिन घर नजिकैबाट हराएका ७ वर्षीय साकेत झाको शव आज धान खेतमा फेला परेको छ । धनुषाको नगराइन नगरपालिका ७ देवडिहाका अजय झाका छोरा साकेतको शव घरभन्दा करिब अढाई किलोमिटर उत्तर धानखेतमा फेला परेको प्रहरीले जनाएको छ । गत कार्तिक ४ गते दशैं टीकाको दिन साकेत घरबाट निस्केर बेपत्ता भएका थिए । ...
। १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ओखलढुंगाको मोलुङ गाउँपालिका–१ कुन्तादेवी बस्ने ४७ वर्षीय कमल बाँनियालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । कमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बरूणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले ...
: धादिङको गल्छी गाउँपालिका-६, महेशदोभानस्थित पृथ्वी राजमार्गमा ईभी माइक्रो दुर्घटना हुँदा पैदलयात्रीसहित १० जना घाइते भएका छन्। प्रहरीका अनुसार शनिबार साँझ करिब ७ बजे पोखराबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७७९२ नम्बरको ईभी माइक्रो अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल कल्भर्टमा खसेको थियो। दुर्घटनाका क्रममा सडक छेउमा हिँडिरहेका स्थानीय सीताराम अधिकारीलाई ईभी माइक्रोले ...
। लुम्बिनी चेम्बर अफ कमर्सले भारतको प्रसिद्ध समुद्री पर्यटकीय गन्तव्य गोवा र विश्व शान्तिको प्रतिक बुद्ध जन्मस्थल लुम्बिनीलाई एउटै पर्यटन सर्किटमा जोड्ने प्रस्ताव अघि सारेको छ । नेपाली प्रतिनिधिमण्डलले गोवाबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म सीधा हवाई सेवा सञ्चालनको प्रस्ताव समेत गोवा सरकारसँग राखेको छ । धार्मिक, सांस्कृतिक र समुद्री पर्यटनका फरक विशेषता बोकेका यी दुई गन्तव्यबीच पर्यटन ...
: सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु भएको छ। लिसंखुपाखर गाउँपालिका–३, ग्यावामा भाइको कुटपिटबाट घाइते भएका ६२ वर्षीय रानाबहादुर तामाङको मृत्यु भएको हो। कुटपिट गर्ने उनका भाइ ६० वर्षीय शम्बरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। सामान्य विवाद हुँदा उनले दाइमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका तामाङलाई उपचारका लागि जिल्ला अस्पताल भक्तपुर लगिएकोमा त्यहाँबाट थप उपचारका लागि केएमसी ...