मुख्य समाचार
प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ
प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ

। सिरहा प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार राति ९ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डबाट दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–६ का ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मिया रहेको प्रहरीले जनाएको छ । उनीहरूबाट २५ हजार ५०० रुपैयाँ बराबरका नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार उनीहरूको साथबाट ५०० रुपैयाँ दरका ३ थान र एक हजार रुपैयाँ दरका २४ थान गरी जम्मा २७ थान नोट बरामद भएका छन् ।

बरामद रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दशैंको टिकाका दिन घर नजिकैबाट हराएका ७ वर्षीय साकेत झाको शव आज धान खेतमा फेला परेको छ । धनुषाको नगराइन नगरपालिका ७ देवडिहाका अजय झाका छोरा साकेतको शव घरभन्दा करिब अढाई किलोमिटर उत्तर धानखेतमा फेला परेको प्रहरीले जनाएको छ । गत कार्तिक ४ गते दशैं टीकाको दिन साकेत घरबाट निस्केर बेपत्ता भएका थिए । ...
: सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रहेको जुगल हिमश्रृंखलामा अन्र्तगत ६ हजार ५ सय १८ मिटर उचाईको ‘जुगल २’ मा पहिलो पटक मानव पाइला पुगेको छ। स्पेनका तीन सदस्यीय पर्वतारोहीको टोलीले यही कात्तिक ९ गते आरोहणका लागि अत्यन्तै कठिन मानिएको जुगल २ को सफल आरोहण गरेको जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङले जानकारी दिए। स्पेनी आरोही माइकल ...
। १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ओखलढुंगाको मोलुङ गाउँपालिका–१ कुन्तादेवी बस्ने ४७ वर्षीय कमल बाँनियालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । कमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बरूणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले ...
: धादिङको गल्छी गाउँपालिका-६, महेशदोभानस्थित पृथ्वी राजमार्गमा ईभी माइक्रो दुर्घटना हुँदा पैदलयात्रीसहित १० जना घाइते भएका छन्। प्रहरीका अनुसार शनिबार साँझ करिब ७ बजे पोखराबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७७९२ नम्बरको ईभी माइक्रो अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल कल्भर्टमा खसेको थियो। दुर्घटनाका क्रममा सडक छेउमा हिँडिरहेका स्थानीय सीताराम अधिकारीलाई ईभी माइक्रोले ...
। लुम्बिनी चेम्बर अफ कमर्सले भारतको प्रसिद्ध समुद्री पर्यटकीय गन्तव्य गोवा र विश्व शान्तिको प्रतिक बुद्ध जन्मस्थल लुम्बिनीलाई एउटै पर्यटन सर्किटमा जोड्ने प्रस्ताव अघि सारेको छ । नेपाली प्रतिनिधिमण्डलले गोवाबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म सीधा हवाई सेवा सञ्चालनको प्रस्ताव समेत गोवा सरकारसँग राखेको छ । धार्मिक, सांस्कृतिक र समुद्री पर्यटनका फरक विशेषता बोकेका यी दुई गन्तव्यबीच पर्यटन ...