मुख्य समाचार
रास्वपा गोरखा जिल्ला सभापतिलाई पद छाड्न दबाब
रास्वपा गोरखा जिल्ला सभापतिलाई पद छाड्न दबाब

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोरखा जिल्ला सभापति सुवर्ण रोकायालाई पद छाड्न दबाब आएको छ। गोरखा जिल्लामा रहेका पार्टीका केन्द्रीय नेतृत्व तथा विभिन्न पालिकास्तरीय कार्यसमितिका सभापतिहरूले पदबाट राजीनामा गर्न दबाब दिएका हुन्।

केही दिनअघि गृहमन्त्री सुदन गुरुङले सभापति रोकाया र पालिका सभापतिहरूलाई गृह मन्त्रालयकै सभाकक्षमा गराएको भेलामा रोकायालाई आफ्नो पदबाट मार्गप्रशस्त गर्न दबाब दिइएको थियो।

गृहमन्त्री गुरुङ, सांसद तथा पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, समानुपातिक सांसद एलिजा गुरुङ र शोभा खनाल सहभागी छलफलमा सभापति रोकायालाई राजीनामा गर्न दबाब दिइएको अजिरकोट गाउँ कार्यसमितिका सभापति प्रकाश ढकालले जानकारी दिए। अधिकांश समय काठमाडौं बसेर पार्टीका गतिविधि निष्कृय बनाएको आरोप रोकायाले खेपेका छन्।




‘गृहमन्त्रीले सबै पालिकाका सभापतिहरूलाई आफ्नै सभाकक्षमा बोलाउनुभयो। सिरानचोकबाहेक सबै पालिकाका सभापतिहरू उपस्थित थियौँ,’ ढकालले भने, ‘जिल्लामा नबसेको, पार्टी गतिविधिलाई शून्य बनाएको भनेर त्यहाँ सबैले आरोप लगाए।’ एकाधबाहेक सबैले सभापतिमाथि आरोप लगाएर मार्गप्रशस्त गर्न आग्रह गरेको उनको भनाइ छ। साथै, पूर्वाग्रह राखेर लगाइएको आरोपमा सत्यता नरहेको ढकालको दाबी छ।

सबै पालिकाका सभापतिहरूले जिल्ला सभापतिलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गरेको गोरखा नगर सभापति शिशिर प्रधानले बताए।

मन्त्री तथा सांसदहरू जिल्लाका जनभेटघाट र अन्य कार्यक्रममा जाँदा पालिकाका सभापतिहरूले छुट्टाछुट्टै रूपमा सोही प्रकृतिको आरोप लगाउने गरेकाले गृहमन्त्रीले संयुक्त रूपमा छलफल कार्यक्रम आयोजना गरेको त्यहाँ उपस्थित एक सदस्यले बताए। ‘अलग-अलग भन्दा एकसाथ सबै पक्षलाई राखेर कुरा गरौँ भनेर मन्त्रीज्यूले संयुक्त भेटघाटको वातावरण बनाउनुभयो। त्यहाँ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तथा केन्द्रीय सदस्यहरूलाई पनि बोलाउनुभयो,’ स्रोतले भन्यो, ‘सबै पालिका सभापतिहरूको आरोप सुनिसकेपछि पार्टीका केन्द्रीय नेतृत्वमा रहनुभएका गृहमन्त्री र सांसदहरूले कि सक्रिय रहनुपर्ने, नत्र पदबाट मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको हो।’

पदबाट राजीनामा गर्न आफूलाई आग्रह गरिएको सभापति रोकायाले स्पष्ट पारे। आरोप सत्य नभई पूर्वाग्रह साँध्ने काम भएको उनको दाबी छ। ‘म जिल्ला सभापति भएको पहिलो दिनदेखि नै असन्तुष्ट समूहले पार्टीका केन्द्रीय नेतृत्वसँग मेरा विरुद्ध आरोप लगाउने, षड्यन्त्र गर्ने क्रम सुरु भएको थियो,’ उनले भने, ‘त्यसकै परिणाम अस्ति देखियो। मलाई राजीनामा गर्नुस् नै भन्नुभएको छ। मैले विधि र प्रक्रियाबाट निर्वाचित भएकाले राजीनामा गर्दिनँ भनेको छु। अब के हुन्छ हेरौँ।’ आफूले आफ्नो जिम्मेवारी पूरा गर्दै आएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धादिङको गल्छी गाउँपालिका-६, महेशदोभानस्थित पृथ्वी राजमार्गमा ईभी माइक्रो दुर्घटना हुँदा पैदलयात्रीसहित १० जना घाइते भएका छन्। प्रहरीका अनुसार शनिबार साँझ करिब ७ बजे पोखराबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७७९२ नम्बरको ईभी माइक्रो अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल कल्भर्टमा खसेको थियो। दुर्घटनाका क्रममा सडक छेउमा हिँडिरहेका स्थानीय सीताराम अधिकारीलाई ईभी माइक्रोले ...
। लुम्बिनी चेम्बर अफ कमर्सले भारतको प्रसिद्ध समुद्री पर्यटकीय गन्तव्य गोवा र विश्व शान्तिको प्रतिक बुद्ध जन्मस्थल लुम्बिनीलाई एउटै पर्यटन सर्किटमा जोड्ने प्रस्ताव अघि सारेको छ । नेपाली प्रतिनिधिमण्डलले गोवाबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म सीधा हवाई सेवा सञ्चालनको प्रस्ताव समेत गोवा सरकारसँग राखेको छ । धार्मिक, सांस्कृतिक र समुद्री पर्यटनका फरक विशेषता बोकेका यी दुई गन्तव्यबीच पर्यटन ...
: सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु भएको छ। लिसंखुपाखर गाउँपालिका–३, ग्यावामा भाइको कुटपिटबाट घाइते भएका ६२ वर्षीय रानाबहादुर तामाङको मृत्यु भएको हो। कुटपिट गर्ने उनका भाइ ६० वर्षीय शम्बरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। सामान्य विवाद हुँदा उनले दाइमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका तामाङलाई उपचारका लागि जिल्ला अस्पताल भक्तपुर लगिएकोमा त्यहाँबाट थप उपचारका लागि केएमसी ...
। सिरहा प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार राति ९ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डबाट दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–६ का ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मिया रहेको प्रहरीले जनाएको छ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘एउटा कुरा म के स्पष्ट पार्छु भने संविधानभन्दा माथि र लोकतन्त्र भन्दा ठूलो केही छैन । कोही छैन । रास्वपा यसमा स्पष्ट छ । ...