मुख्य समाचार
गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि नीतिगत सुधार तथा कर सहुलियतको व्यवस्था गर्ने
गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि नीतिगत सुधार तथा कर सहुलियतको व्यवस्था गर्ने

। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि नीतिगत सुधार तथा कर सहुलियतको व्यवस्था गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार धारणा सार्वजनिक गर्दै उनले नेपाली युवाले निर्माण गरेका गेमले विश्व बजारमा ठूलो सफलता हासिल गरिरहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीका अनुसार नेपालीले निर्माण गरेको विश्व चर्चित ‘लुडो गेम’ झण्डै २० करोड र ‘कलब्रेक गेम’ १५ करोडभन्दा बढी डाउनलोड भएको छ । यसबाहेक नेपालमा सयौँ युवाहरू गेम एप निर्माणमा सक्रिय रहेको उनले बताएका छन् ।

प्रधानमन्त्री शाहले गेम डेभलपमेन्ट क्षेत्रमा संलग्न युवाहरूसँग छलफल गरी उनीहरूका समस्या र उद्योग विकासका सम्भावनाबारे जानकारी लिइएको पनि बताएका छन् । उक्त क्षेत्रलाई सहज बनाउँदै उद्योगका रूपमा विकास गर्न आवश्यक गृहकार्य अघि बढाइएको उनको भनाइ छ ।

‘सयौं युवाहरु गेम एप बनाउन तल्लिन हुनुहुन्छ । हामीले उहाँहरूलाई बोलाएर समस्याहरू पनि बुझ्यौं र यो गेम डेभलेपमेन्ट क्षेत्रलाई सजिलो बनाउन र उद्योगको रूपमा अघि बढाउने कुराहरू बारे पनि कुरा गर्यौं,’ उनले लेखेका छन्, ‘अब उहाँहरूको समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ । नेपालबाटै हामीले ग्लोबल युनिकन कम्पनी बनाउन सहज पार्नुपर्ने नियम, वातावरण सबै पुनरावलोकन गर्नेछौं ।’

आईटी उत्पादन तथा निर्यातको क्षेत्र पनि सम्भावनापूर्ण अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाली प्रतिभा र कम्पनीहरूले सहज रूपमा आम्दानी गर्न तथा त्यसलाई पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बाराको फेटा गाउँपालिकामा शनिबार अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपमा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवा घाइते भएपछि स्थानीय प्रशासनले घटनाबारे छानबिन सुरु गरेको छ। उक्त घटनामा प्रहरीले आदेशबिना गोली चलाएको खुलेको छ । घटनामा कुन प्रहरीले कसको आदेशमा गोली चलायो भन्ने विषय गम्भीर भएकाले अनुसन्धान थालेको बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताए। ‘एउटाले ...
— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही नभएको स्पष्ट पारेका छन् । संविधान र लोकतन्त्रभन्दा बाहिरको बाटो नजानका लागि सरकारलाई पार्टीले निर्देशन दिएको उनले बताए । रास्वपा सचिवालयको शनिबारको बैठकपछि सभापति लामिछानेले संविधानभन्दा माथि गएर गतिविधि गर्ने सजायको भागीदार हुनुपर्ने स्पष्ट पारेको बताए । 'अहिले बैठक बसेर स्पष्टसँग भनेका ...
। सरकारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाहको चाहनाअनुसार जलवायु परिवर्तनका मुद्दामा राष्ट्रिय साझा धारणा निर्माण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व गराउने उद्देश्यले यस्तो तयारी गरेको हो । यसैक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार ...
। गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाएका छन् । साथै, उनले निर्माण कार्य तत्काल अघि बढाउन सडक विभागका कर्मचारीहरूलाई निर्देशन दिएको सचिवालयले जनाएको छ । शनिबार गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गरेका गुरुङले पुल निर्माणमा भएको ढिलाइबारे स्थानीयको गुनासो सुनेका थिए । पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले आवतजावतमा समस्या भोग्नुपरेको गुनासो ...
। डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन् । घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोली कारागार पुगेको छ । घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने प्रहरीले बताएको छ ...