। कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । टीकापुरमा मोटरसाइकलमा सवार एक युवकमाथि खुकुरी प्रहार गरी नगद र मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–६ पसैनी बस्ने २५ वर्षीय अमित रावल र २४ वर्षीय शुलभ विक्रम शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनकाअनुसार ९ कात्तिकको राति उनीहरुले टीकापुर नगरपालिका–६ मखन चौराहामा मोटरसाइकलमा सवार टीकापुर नगरपालिका–३ पुष्पीका ३२ वर्षीय सुरज चौधरीमाथि खुकुरी प्रहार गरेका थिए । चौधरीलाई घाइते बनाएर नगद र मोबाइलसमेत लुटपाट गरेका थिए ।
पक्राउ परेका दुवै जनालाई कैलाली जिल्ला अदालतबाट ‘ज्यान मार्ने उद्योग तथा डाँका चोरी’ मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।