मुख्य समाचार
पत्रकारहरूलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहाइ गर्ने प्रवृत्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको
पत्रकारहरूलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहाइ गर्ने प्रवृत्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको

। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहाइ गर्ने प्रवृत्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै थापाले यस घटनाबारे ध्यानाकर्षण भएको बताएका हुन्।

‘जनदबाबपछि रिहाइ भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेन्ट’ बन्द गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ,’ उनले भनेका छन्, ‘समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको छ। विगतमा पनि शासकहरूमाथि प्रश्न उठेपछि उनीहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धाबा बोलेका अनेकौँ घटना हामीले भोगेका हौँ। आज पुनः तिनै विगतका निरङ्कुश प्रवृति दोहरिनु लोकतन्त्रका लागि अत्यन्त दुःखी र चिन्ताजनक विषय हो।’

उनले नेपाली कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको रक्षाका निम्ति निरन्तर लड्दै आएको पार्टी भएको भन्दै सधैँ यस्ता निरङ्कुश र स्वेच्छाचारी कदमविरुद्ध अनवरत उभिने बताए।

‘स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ हो । यदि कुनै सञ्चार माध्यम वा पत्रकारबाट गलत कार्य वा त्रुटि भएको छ भने त्यसको निरूपणका लागि प्रेस काउन्सिल लगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियाहरू विद्यमान छन्,’ उनले भनेका छन्, ‘ती प्रक्रियालाई पूर्णतः बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासनलाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्तितर्फ उन्मुख हुनु हो। सञ्चार माध्यम र पत्रकारमाथि गरिएको यो दमनकारी कदम अत्यन्तै निन्दनीय र घोर आपत्तिजनक छ । नेपाली कांग्रेस यस घटनाको कडा शब्दमा घोर भर्त्सना गर्दछ।’


कांग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तुरुन्त रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका यस्ता कदम तत्काल सच्याउन पनि माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाहको चाहनाअनुसार जलवायु परिवर्तनका मुद्दामा राष्ट्रिय साझा धारणा निर्माण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व गराउने उद्देश्यले यस्तो तयारी गरेको हो । यसैक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार ...
। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि नीतिगत सुधार तथा कर सहुलियतको व्यवस्था गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार धारणा सार्वजनिक गर्दै उनले नेपाली युवाले निर्माण गरेका गेमले विश्व बजारमा ठूलो सफलता हासिल गरिरहेको उल्लेख गरेका छन् । प्रधानमन्त्रीका अनुसार नेपालीले निर्माण गरेको विश्व चर्चित ...
। गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाएका छन् । साथै, उनले निर्माण कार्य तत्काल अघि बढाउन सडक विभागका कर्मचारीहरूलाई निर्देशन दिएको सचिवालयले जनाएको छ । शनिबार गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गरेका गुरुङले पुल निर्माणमा भएको ढिलाइबारे स्थानीयको गुनासो सुनेका थिए । पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले आवतजावतमा समस्या भोग्नुपरेको गुनासो ...
। डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन् । घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोली कारागार पुगेको छ । घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने प्रहरीले बताएको छ ...
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीलेले सर्वोच्च अदालतका न्यायाधीशबारे प्रश्न उठेपछि महाभियोगतर्फ जानुपर्ने बताएका छन् । विवादास्पद विचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्ध र म्यासेज आदानप्रदान भएको विषय बाहिरिएपछि सार्वजनिक रुपमै प्रश्न उठेको छ । यसबारे सांसद खत्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीको प्रतिनिधि हुँ भन्ने दाबी पुष्टि नभएको व्यक्तिसँग श्रीमानहरूले किन सम्पर्क ...