मुख्य समाचार
डडेलधुरामा देउवा समूहको जिल्ला अधिवेशन सुरु
डडेलधुरामा देउवा समूहको जिल्ला अधिवेशन सुरु

। नेपाली कांग्रेसमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अधिवेशन गरिरहेको छ ।

देउवा समूहले डडेल्धुरामा १५औं महाधिवेशनअन्तर्गत शनिबार क्षेत्रीय तथा आठौं जिल्ला अधिवेशन गर्न लागेको हो । अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्वसँगै महाधिवेशन प्रतिनिधिहरू चयन हुनेछन् ।

कांग्रेस डडेल्धुराका तत्कालीन सभापति भीमबहादुर साउद विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले आयोजना गरेको अधिवेशनमा खुलेपछि देउवा समूहले उपसभापति डिल्लीराज जोशीलाई संयोजक बनाएको थियो ।

स्रोतका अनुसार अधिवेशनबाट जोशी जिल्ला सभापति चयन हुने सम्भावना रहेको छ । अधिवेशनअघि देउवा समूहले डडेल्धुरा बसपार्कदेखि अधिवेशनस्थल निर्माण व्यपसायी संघको सभाहलसम्म बाजागाजासहित र्‍याली निकालेको थियो ।

उक्त समूहले यसअघि संखुवासभा, डोल्पा, हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिम, कालिकोट, डोटी, बैतडी, रोल्पा र दैलेखमा नयाँ नेतृत्व चयन गरिसकेको छ ।

१५ असोजबाट वडा अधिवेशन सुरू गरेको उक्त समूहले १५ कात्तिकमा जिल्ला अधिवेशनहरू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाहको चाहनाअनुसार जलवायु परिवर्तनका मुद्दामा राष्ट्रिय साझा धारणा निर्माण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व गराउने उद्देश्यले यस्तो तयारी गरेको हो । यसैक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार ...
। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि नीतिगत सुधार तथा कर सहुलियतको व्यवस्था गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार धारणा सार्वजनिक गर्दै उनले नेपाली युवाले निर्माण गरेका गेमले विश्व बजारमा ठूलो सफलता हासिल गरिरहेको उल्लेख गरेका छन् । प्रधानमन्त्रीका अनुसार नेपालीले निर्माण गरेको विश्व चर्चित ...
। गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाएका छन् । साथै, उनले निर्माण कार्य तत्काल अघि बढाउन सडक विभागका कर्मचारीहरूलाई निर्देशन दिएको सचिवालयले जनाएको छ । शनिबार गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गरेका गुरुङले पुल निर्माणमा भएको ढिलाइबारे स्थानीयको गुनासो सुनेका थिए । पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले आवतजावतमा समस्या भोग्नुपरेको गुनासो ...
। डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन् । घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोली कारागार पुगेको छ । घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने प्रहरीले बताएको छ ...
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीलेले सर्वोच्च अदालतका न्यायाधीशबारे प्रश्न उठेपछि महाभियोगतर्फ जानुपर्ने बताएका छन् । विवादास्पद विचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्ध र म्यासेज आदानप्रदान भएको विषय बाहिरिएपछि सार्वजनिक रुपमै प्रश्न उठेको छ । यसबारे सांसद खत्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीको प्रतिनिधि हुँ भन्ने दाबी पुष्टि नभएको व्यक्तिसँग श्रीमानहरूले किन सम्पर्क ...