मुख्य समाचार
प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक आह्वान
प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक आह्वान

। प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक आह्वान भएको छ । समिति सचिवालयका अनुसार आगामी मंगलबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्नेछ ।

कानुन न्याय तथा मानव अधिकार समितिका सदस्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंका अनुसार उक्त बैठकमा सर्वोच्च अदालतका विवादित न्यायाधीशबारे छलफल हुनेछ ।




‘हामीले तत्काल कानुन समितिको मिटिङ कल गरेका छौं । कानुन समितिमार्फत अहिले अनुसन्धानको घेरामा जे–जे चिजहरू आएको छ ती चीजहरूलाई हेर्ने । त्यसको अध्ययनपछि मात्रै यसलाई अगाडि बढाएर लिएर जाने हो,’ राजधानीमा भएको एक कार्यक्रममा उनले भने, ‘अहिले नै आजको आज नै महाअभियोग सिफारिस समिति गठन गर्ने र लाने भन्ने पक्षमा हामी छैनौं ।’

विवादास्पद बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्ध र म्यासेज आदानप्रदान भएको विषय बाहिरिएपछि सार्वजनिक रुपमै प्रश्न उठेको छ ।



इनम सापकोटाको मोबाइल तथा विद्युतीय उपकरणबाट प्रधानन्यायाधीश, न्यायाधीशहरू तथा प्रहरीका उच्च अधिकारीसँगको संवाद र कारोबारका विवरणहरू पनि सार्वजनिक भएका छन् ।

सापकोटासँग सात जना न्यायाधीशले सामूहिक भेटेको विषय पनि आएको छ ।

यस सन्दर्भमा छलफल गर्न कानुन न्याय तथा मानव अधिकार समितिको बैठक आह्वान भएको सांसद चौलागाईंले जानकारी दिएका हुन् । उनले सार्वजनिक भएका विषयउपर विस्तृत अध्ययन आवश्यक रहेको बताएका छन् ।

‘कसैले घुस लेनदेन गर्ने कुरा ट्याक्स कट्टा गर्न गर्छ होला र ! त्यहाँ त ट्याक्सको कुरा पनि छ । सबभन्दा गम्भीर विषय के छ भने यो अनुसन्धानको घेरामा भएको विषय बाहिर कसरी आयो ?’ उनको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाहको चाहनाअनुसार जलवायु परिवर्तनका मुद्दामा राष्ट्रिय साझा धारणा निर्माण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व गराउने उद्देश्यले यस्तो तयारी गरेको हो । यसैक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार ...
। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि नीतिगत सुधार तथा कर सहुलियतको व्यवस्था गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार धारणा सार्वजनिक गर्दै उनले नेपाली युवाले निर्माण गरेका गेमले विश्व बजारमा ठूलो सफलता हासिल गरिरहेको उल्लेख गरेका छन् । प्रधानमन्त्रीका अनुसार नेपालीले निर्माण गरेको विश्व चर्चित ...
। गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाएका छन् । साथै, उनले निर्माण कार्य तत्काल अघि बढाउन सडक विभागका कर्मचारीहरूलाई निर्देशन दिएको सचिवालयले जनाएको छ । शनिबार गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गरेका गुरुङले पुल निर्माणमा भएको ढिलाइबारे स्थानीयको गुनासो सुनेका थिए । पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले आवतजावतमा समस्या भोग्नुपरेको गुनासो ...
। डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन् । घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोली कारागार पुगेको छ । घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने प्रहरीले बताएको छ ...
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीलेले सर्वोच्च अदालतका न्यायाधीशबारे प्रश्न उठेपछि महाभियोगतर्फ जानुपर्ने बताएका छन् । विवादास्पद विचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्ध र म्यासेज आदानप्रदान भएको विषय बाहिरिएपछि सार्वजनिक रुपमै प्रश्न उठेको छ । यसबारे सांसद खत्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीको प्रतिनिधि हुँ भन्ने दाबी पुष्टि नभएको व्यक्तिसँग श्रीमानहरूले किन सम्पर्क ...