मुख्य समाचार
साइबर आक्रमणमा ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरी
साइबर आक्रमणमा ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरी

: विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समा भएको ठूलो साइबर आक्रमणमा ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरी भएको छ । बाइनान्सले चोरी भएको रकममध्ये करिब ३ अर्ब डलर सुरक्षित गर्न सफल भएको जनाएको छ ।

कम्पनीका अनुसार बाँकी रकम अझै अज्ञात ह्याकरहरूको नियन्त्रणमा रहेको छ । सुरुमा एक इन्जिनियरको ल्यापटप ह्याक गरी अनधिकृत रूपमा रकम निकालिएको आशंका गरिएको बिबिसिले जनाएको छ । तर, पछिल्लो अनुसन्धानले आक्रमण एकभन्दा बढी सुरक्षा कमजोरीमार्फत भएको देखाएको छ ।

विभिन्न क्रिप्टो विश्लेषण गर्ने संस्थाहरूले उक्त साइबर आक्रमण उत्तर कोरियासँग सम्बन्धित ह्याकर समूहले गरेको हुन सक्ने बताएका छन् । यसअघि सन् २०२५ मा बाइबिट एक्सचेन्जबाट १ अर्ब ५० करोड डलर चोरी भएको घटनालाई समेत उछिन्दै यो क्रिप्टो क्षेत्रकै ठूलो चोरीका रूपमा देखिएको छ ।

अमेरिकी गोप्य सेवा (यूएस सिक्रेट सर्भिस) ले चोरी भएको रकम पहिचान, रोक्का, ट्र्याक र फिर्ता ल्याउन निरन्तर काम भइरहेको जनाएको छ । साथै, आक्रमणमा संलग्न साइबर अपराधी पहिचान गरी कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । बाइनान्सले पनि अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) सँग सहकार्य गरिरहेको जनाएको छ ।

बाइनान्सका सहप्रमुख कार्यकारी अधिकृत रिचर्ड टेङले प्रारम्भिक अनुसन्धानमा इन्जिनियरको ल्यापटपमा सुरक्षा कमजोरी देखिए पनि थप अनुसन्धान गर्दा आक्रमणका अन्य माध्यमसमेत फेला परेको बताएका छन् । उनका अनुसार ह्याकरहरूले आफ्नो गतिविधिको डिजिटल प्रमाण मेटाउने प्रविधिसमेत प्रयोग गरेका थिए ।

कम्पनीले अमेरिकी प्रयोगकर्ताका लागि सञ्चालनमा रहेको एक्सचेन्जमा भने आक्रमणको असर नपरेको स्पष्ट पारेको छ । सुरुमा सबै निक्षेप तथा रकम झिक्ने सेवा स्थगित गरेको बाइनान्सले पछि निक्षेप सेवा प्रभावित नभएको जनाएको थियो ।

बाइनान्सले आफ्ना प्रयोगकर्तालाई रकम सुरक्षित रहेको र चोरीबाट भएको सम्पूर्ण क्षति कम्पनीले बेहोर्ने आश्वासन दिएको छ । यद्यपि, ठूलो आर्थिक क्षति बेहोर्न कम्पनी सक्षम छ कि छैन भन्ने विषयमा क्रिप्टो बजारमा चिन्ता व्यक्त भइरहेको छ ।

केही वित्तीय तथा कानुनी विज्ञहरूले कम्पनीको आश्वासनलाई मात्र आधार मानेर ढुक्क नहुन प्रयोगकर्तालाई सुझाव दिएका छन् । ग्राहकको रकम फिर्ता पाउने विषय कम्पनीसँग भएको सम्झौता तथा कानुनी व्यवस्थामा निर्भर रहने उनीहरूको भनाइ छ ।

क्रिप्टो विश्लेषण कम्पनी चेनालाइसिसले उक्त आक्रमणमा उत्तर कोरियासँग सम्बन्धित व्यक्तिको संलग्नता रहेकोमा उच्च विश्वास रहेको जनाएको छ । पछिल्ला पाँच वर्षमा क्रिप्टोकरेन्सी क्षेत्रमा भएका ठूला चोरीका घटनामा उत्तर कोरियाली ह्याकर समूहको संलग्नता देखिँदै आएको विभिन्न अनुसन्धानले औँल्याएका छन् ।

उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध र कमजोर अर्थतन्त्रका कारण साइबर अपराधमार्फत रकम जुटाउने गरेको आरोप लाग्दै आएको छ । तर उत्तर कोरियाले भने यस्ता आरोप अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिबार टर्कीको भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग रुस–युक्रेन युद्ध र ब्ल्याक सी क्षेत्रको सुरक्षा अवस्थाबारे छलफल गर्ने कार्यक्रम रहेको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ। टर्कीको राष्ट्रपतिको कार्यालयका सञ्चार निर्देशक बुर्हानेत्तिन दुरानले सामाजिक सञ्जाल एक्समार्फत इस्तानबुलमा हुने भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सहकार्य विस्तारका उपायबारे पनि ...
: पोल्यान्डको संवैधानिक अदालतमा सरकार र अदालतका वरिष्ठ न्यायाधीशबीच विवाद चर्किएपछि दंगा प्रहरी परिचालन गरिएको छ । प्रधानमन्त्री डोनाल्ड टस्क नेतृत्वको सरकार र पूर्ववर्ती दक्षिणपन्थी ल एन्ड जस्टिस (PiS) पार्टीबीच अदालतको नियन्त्रण तथा न्यायिक नियुक्तिको विषयलाई लिएर विवाद बढेको हो । न्यायमन्त्री वाल्डेमार जुरेकले संवैधानिक अदालतका अध्यक्ष बोग्दान स्वेन्चकोव्स्की र उपाध्यक्ष बार्तलोमिए सोचान्स्कीमाथि अभियोजन अघि बढाउन उनीहरूको ...
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...