मुख्य समाचार
संयुक्त राष्ट्रसंघकोको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपाल स्तरोन्नति हुने निर्धारित समय थप
संयुक्त राष्ट्रसंघकोको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपाल स्तरोन्नति हुने निर्धारित समय थप

: संयुक्त राष्ट्रसंघकोको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपाल स्तरोन्नति हुने निर्धारित समय थप गरेको छ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले अति कम विकसित राष्ट्रको सूचीबाट नोभेम्बर २०२६ मा हुने भनिएको नेपालको स्तरोन्नतिको निर्धारित समय तालिका ३ वर्ष अर्थात् नोभेम्बर २०२९ सम्म पछाडि सार्न संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेबमोजिम राष्ट्रसंघको महासभाबाट सर्वसम्मत रूपमा प्रस्ताव पारित भएको जानकारी दिए। यस निर्णयबाट नेपाललाई थप ३ वर्षको तयारी समय प्राप्त भएकाले एलडिसीको सूचीबाट नेपालको स्तरोन्नति सहज र दिगो हुने विश्वास गरिएको उनको भनाइ छ।

त्यस्तै, उनले आगामी ९ देखि २० नोभेम्बरसम्म टर्कीमा आयोजना हुने विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपालको उच्चस्तरीय सहभागिता हुने गरी अहिलेदेखि नै तयारी अगाडि बढाइएको जानकारी दिए। कोपमा नेपाल र गणतन्त्र कोरियाबीच जलवायु परिवर्तनसम्बन्धी सहकार्यका लागि ’फ्रेमवर्क एग्रिमेन्ट अन कोअपरेसन अन क्लाइमेट चेन्ज’ मा हस्ताक्षर हुने गरी गृहकार्य भइरहेको उनले बताए। उनले सम्मेलनको साइडलाइनमा नेपाल र अन्य पर्वतीय मुलुकहरूको सहकार्यमा जलवायु परिवर्तन र पर्वतीय मुद्दाहरूबारे एक विशेष कार्यक्रम आयोजना गर्ने तयारी पनि उल्लेख गरे।


प्रवक्ता पौडेलले दुवै पक्षलाई अनुकूल हुने गरी प्रधानमन्त्रीको भारत भ्रमणको आवश्यक तयारी भइरहेको भए पनि भ्रमणको मिति भने अझै तय नभएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ। मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाँउपालिका, पर्साको जिराभवानी गाँउपालिका र काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको खाता रोक्का गरेको हो। मन्त्रालयका अनुसार पालिकामा कार्यरत कर्मचारीको अन्यत्र सरुवा गरिएको थियो। तर, सरुवा ...
: प्रेस काउन्सिल नेपालले समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई पक्राउ गरेको विषयमा आपत्ति जनाएको छ। शुक्रबार कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा अपराधको जाहेरी ...
: सरकारले १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको अनुगमन कार्यालयले सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन र प्रक्रियाको पालना नगर्ने तथा खरिद कार्यमा जिम्मेवारी ...
: दुग्ध विकास संस्थान (डीडीसी)का पूर्वमहाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आपराधिक लाभ तथा सङ्गठित अपराधअन्तर्गतको कसुरमा पूर्वमहाप्रबन्धक सञ्जीव झासहित ८ जनालाई पक्राउ गरेको हो। डीडीसीका तत्कालीन महाप्रबन्धक तथा कर्मचारीहरूको संलग्नतामा गैरकानुनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई गम्भीर हानि नोक्सानी पुर्‍याइएको भन्ने उजुरीको प्रारम्भिक छानबिनका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका ...
: नेपाली सेनाले विपद् व्यवस्थापनका लागि बृहत् तथा एकीकृत योजनाका साथ अघि बढ्नुपर्ने जनाएको छ। सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा सेनाका सहायक रथी सुवासजंग थापाले भोटेकोशी बाढीपछिको अवस्थाबारे जानकारी गराउँदै विपद् व्यवस्थापनमा सरकारको बृहत् तथा एकीकृत योजनाका साथ अघि बढ्नुपर्ने बताएका हुन्। उनले विपद्पछि पुनःस्थापना ...