मुख्य समाचार
नेपाली मूलका अस्ट्रेलियन प्रहरी वरिष्ठ कन्स्टेबल बिकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड प्राप्त
नेपाली मूलका अस्ट्रेलियन प्रहरी वरिष्ठ कन्स्टेबल बिकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड प्राप्त

। नेपाली मूलका अस्ट्रेलियन प्रहरी वरिष्ठ कन्स्टेबल बिकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड प्राप्त गरेका छन्। उनको अदम्य साहस र कर्तव्यनिष्ठाको कदर गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले संघीय संसद्‌को प्रश्नोत्तर समयमामा प्रशंसासमेत गरेका छन्।

अस्ट्रेलियाको पुलिस फेडेरेसनले बुधबार क्यानबेरामा आयोजित एक समारोहमा भारतीलाई उक्त सम्मान प्रदान गरेको हो। न्यु साउथ वेल्स (एनएसडब्लु) प्रहरीअन्तर्गत ‘बर्रउड पुलिस एरिया कमान्ड’मा कार्यरत भारतीले गत वर्ष सिड्नीको क्रोइडन पार्कमा भएको गोलीकाण्डका क्रममा देखाएको साहसका लागि यो पुरस्कार पाएका हुन्।

सन् २०२५ अक्टोबर ५ तारिखमा भएको उक्त सार्वजनिक गोलीकाण्डमा उनी घटनास्थलमा पुग्ने पहिलो प्रहरी अधिकृतमध्ये एक थिए। आफूमाथि गोली प्रहार भइरहेको अत्यन्तै जोखिमपूर्ण अवस्थामा पनि उनले आफ्ना कनिष्ठ सहकर्मीलाई सुरक्षित स्थानमा पठाउनुका साथै घाइते भएका एक सर्वसाधारणको उद्धार गरेका थिए।

पुरस्कार ग्रहण गर्दै भारतीले यो सम्मान आफूले कहिल्यै नचिताएको बताए। सन् २०१५ मा नेपालबाट अस्ट्रेलिया आएका उनले भने, ‘यस रूपमा सम्मानित हुन पाउनु मेरो लागि गर्वको विषय हो, जुन मैले यो देशमा आउँदा कल्पना पनि गरेको थिइनँ।‘

उनले प्रहरी सेवा कहिल्यै पनि व्यक्तिगत प्रयास मात्र नहुने स्पष्ट पारे। घटनाका बेला साथमा रहेका सहकर्मीहरूको साथ, तालिम र विश्वासकै कारण आफूले त्यो साहस देखाउन सकेको भन्दै उनले यो सम्मान सम्पूर्ण सहकर्मीहरूसँग बाँड्न चाहेको बताए।

‘मलाई स्वागत गर्ने र योगदान गर्ने अवसर दिने देश र समुदायको सेवा गर्न पाउनु मेरो अहोभाग्य हो,’ उनले भने।

एनएसडब्लु प्रहरी कमिस्नर माल लानयोनले पनि भारतीको साहसको उच्च प्रशंसा गरेका छन्। क्रोइडन पार्कको त्यो खतरनाक दिनमा भारतीले आफ्नो ज्यानको पर्वाह नगरी देखाएको साहस असाधारण रहेको उनले बताए।

‘वरिष्ठ कन्स्टेबल भारतीले देखाएको बहादुरी र उनको कार्यले जनताको रक्षा र सेवा गर्ने शपथलाई सार्थक बनाएको छ,’ कमिस्नर लानयोनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली नागरिक, विशेषगरी विद्यार्थीहरू राहदानी नवीकरण र अन्य कन्सुलर सेवा लिन सास्ती भोग्न बाध्य भएका छन्। त्यहाँ नेपाली दूतावास नहुँदा र राहदानी छपाइमा देखिएको भनिएको प्राविधिक समस्या लम्बिँदा नेपालीहरू ठूलो आर्थिक भार र प्रशासनिक झन्झटमा परेका हुन्। आधारभूत कन्सुलर सेवा लिन अस्ट्रेलिया वा नेपालसम्मै पुग्नुपर्ने अवस्था आएपछि न्युजिल्यान्डस्थित नेपाली समुदायका अगुवाहरूले नेपाल ...
: साउदी अरबमा पछिल्लो सुरक्षा तनाव र हुथी आक्रमणको प्रभावले नेपाल फर्किने र साउदी जाने तयारीमा रहेका नेपाली श्रमिक तथा यात्रु समस्यामा परेका छन्। नियमित उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले केही समयका लागि उडान रद्द गरेपछि चाडपर्वको मुखमा स्वदेश फर्किन खोज्ने नेपाली थप अन्योलमा परेका छन्। रियादबाट नेपालका लागि हुने नियमित उडान रद्द ...
: पछिल्लो समय साउदी अरबका विभिन्न क्षेत्रमा भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटनाले यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता बढाएको छ। एक नेपालीको मृत्यु र अन्य ३ नेपाली घाइते भएको घटनासँगै अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा स्वदेश फर्कने तयारीमा रहेका नेपालीसमेत अन्योलमा परेका छन्। अक्टोबर २१ मा साउदी अरबको पूर्वी क्षेत्रमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन अवरोध ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...