: मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसबाट ओर्लिएकी भीमफेदी गाउँपालिका –०८,ईपा बस्ने ६३ वर्षीया लिला देवी खत्रीलाई सोही बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । उनी बसबाट ओर्लिएर अगाडिबाट बाटो पार गर्दै थिइन्। सोही क्रममा बसले ठक्कर दिएको थियो।
उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।