: परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा जलवायु न्यायदेखि पर्वतीय एजेन्डालाई प्राथमिकतामा राखिने बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै मन्त्री खनालले कोप–३१ मा पर्वतीय एजेन्डा, हानि र नोक्सानी, जलवायु वित्त र जलवायु न्यायको विषयलाई प्राथमिकताका साथ उठाइने बताएका हुन्। उनले जलवायुजन्य हानि र नोक्सानी कोषबाट नेपाललाई हालै २१ दशमलव ६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने निर्णय भएको जानकारी दिँदै नेपाल यो रकम सुरक्षित गर्ने पहिलो देश बनेको बताए। त्यस्तै, उनले जलवायु वित्त पहुँचयोग्य, समतामूलक र राष्ट्रिय प्राथमिकताहरूप्रति उत्तरदायी हुनुपर्ने धारणा राखे।
नेपालको न्यून उत्सर्जनका बाबजुद हिमालले भोगिरहेको असरलाई ध्यानमा राख्दै जलवायु न्याय सामूहिक प्रतिक्रियाको केन्द्रमा हुनुपर्ने उनको भनाइ छ। मन्त्री खनालले कोप–३१ मा सफल हुन नेपालले स्पष्ट प्राथमिकता र राज्यको दृढ प्रतिबद्धतासहित एकताबद्ध भएर समग्र राष्ट्रको दृष्टिकोणमा ध्यान दिनुपर्ने समेत बताए।
उक्त जलवायु सम्मेलनमा कोप–३१ मा प्रस्तुत गरिने नेपालको पोजिसन पेपर र माउन्टेन स्ट्रेटजीसमेत सार्वजनिक गरिएको थियो।