मुख्य समाचार
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ

: नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार पार्टी कार्यालय सानेपामा पार्टी सभापति गगनकुमार थापाले उनीहरूलाई शपथ गराएका हुन्। नवनिर्वाचित पार्टी सभापति थापाले भने दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। शपथ ग्रहणपछि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ।

गत असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते सार्वजनिक गरिएको थियो। महाधिवेशनबाट सभापतिमा थापा निर्वाचित भएका थिए भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका थिए।

त्यस्तै, खुला महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सीमा सुरक्षालाई प्रभावकारी बनाउने तथा सीमापार अपराध नियन्त्रणलाई सुदृढ गर्ने उद्देश्यसहित नेपाल-भारत समन्वय बैठक सुरू भएको छ। सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय हलचोकमा १०औं नेपाल-भारत समन्वय बैठक सुरू भएको हो। बैठकमा सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक र भारतीय सशस्त्र सीमा बलका महानिर्देशक सहभागी छन्। बैठकमा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने, ...
। सल्यानको बागचौर नगरपालिका-१० माथिल्लो मोखोलामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। बिहीबार बिहान मोखोला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको हो। दुर्घटनामा छत्रेश्वरी गाउँपालिका-५ सिर्बालीका ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अटो चालक ३४ ...
: नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ । आयोजनाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार यही कात्तिक १५ गतेदेखि टोल शुल्क उठाउन लागेको हो । सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित ...
। आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता प्रभावकारी बनाउने विषयमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र प्रतिनिधिसभा सभामुख डीपी अर्यालबीच छलफल भएको छ । भेटमा जलवायु वित्त र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु एजेन्डा कसरी सशक्त प्रस्तुत गर्ने भन्ने विषयमा विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ । छलफल क्रममा जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित ...
: मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसबाट ओर्लिएकी भीमफेदी गाउँपालिका –०८,ईपा बस्ने ६३ वर्षीया लिला देवी खत्रीलाई सोही बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । उनी बसबाट ...