मुख्य समाचार
नेपालले कोप–३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने
नेपालले कोप–३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

: नेपालले कोप–३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने भएको छ।

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय जलवायु सम्मेलनमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कोप–३१ मा नेपाल र भुटानले संयुक्त रूपमा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने जानकारी दिइन्। यसले जलवायु न्यायको लडाइँमा पर्वतीय क्षेत्रको आवाजलाई अझ बलियो बनाउने उनको भनाइ छ। मन्त्री चौधरीले हिमाल जोगाउनु भनेको तल्लो तटीय क्षेत्रका अर्बौँ मानिसको जीवन जोगाउनु भएको उल्लेख गरिन्।

उनले नेपालले कोप–३१ का लागि समावेशी एवम् सबै सरोकारवालाहरूलाई समेटेर 'कन्ट्री पोजिसन पेपर' तयार पारेको र भोटेकोशीलगायत जलवायु परिवर्तनका असर, सफलता र असफलताका अनुभवहरू प्रदर्शन गर्न नेपालले आफ्नै पेभेलियन राख्ने जानकारी पनि दिइन्।

जलवायु परिवर्तन कुनै एक मन्त्रालय वा एक तहको मात्र विषय नभएको उल्लेख गर्दै उनले सङ्घ, प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्नेमा जोड दिइन्। जलवायु अनुकूलन सिंहदरबारबाट मात्र नभई वडा र समुदायस्तरबाट सुरु हुनुपर्ने मन्त्री चौधरीको टिप्पणी छ।

कोपमा नेपालको अडान जलवायु न्याय, पर्वतीय एजेन्डा, अनुकूलन, वित्तमा सहज पहुँच र हानि–नोक्सानी कोषको प्रभावकारी परिचालनमा स्पष्ट रहेको उनले बताइन्। ऐतिहासिक रूपमा बढी उत्सर्जन गर्ने र क्षमता भएका राष्ट्रहरूले क्षमताअनुसारको जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सीमा सुरक्षालाई प्रभावकारी बनाउने तथा सीमापार अपराध नियन्त्रणलाई सुदृढ गर्ने उद्देश्यसहित नेपाल-भारत समन्वय बैठक सुरू भएको छ। सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय हलचोकमा १०औं नेपाल-भारत समन्वय बैठक सुरू भएको हो। बैठकमा सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक र भारतीय सशस्त्र सीमा बलका महानिर्देशक सहभागी छन्। बैठकमा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने, ...
। सल्यानको बागचौर नगरपालिका-१० माथिल्लो मोखोलामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। बिहीबार बिहान मोखोला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको हो। दुर्घटनामा छत्रेश्वरी गाउँपालिका-५ सिर्बालीका ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अटो चालक ३४ ...
: नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ । आयोजनाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार यही कात्तिक १५ गतेदेखि टोल शुल्क उठाउन लागेको हो । सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित ...
। आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता प्रभावकारी बनाउने विषयमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र प्रतिनिधिसभा सभामुख डीपी अर्यालबीच छलफल भएको छ । भेटमा जलवायु वित्त र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु एजेन्डा कसरी सशक्त प्रस्तुत गर्ने भन्ने विषयमा विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ । छलफल क्रममा जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित ...
: मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसबाट ओर्लिएकी भीमफेदी गाउँपालिका –०८,ईपा बस्ने ६३ वर्षीया लिला देवी खत्रीलाई सोही बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । उनी बसबाट ...