मुख्य समाचार
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’कमजोर भएकाले नेपालमा तीव्र हावाहुरीको सम्भावना नरहेको
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’कमजोर भएकाले नेपालमा तीव्र हावाहुरीको सम्भावना नरहेको

: नेपाल मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’कमजोर भएकाले नेपालमा तीव्र हावाहुरीको सम्भावना नरहेको जनाएको छ । चक्रवात अर्नब अहिले कमजोर भई ’बलियो न्यून चापीय क्षेत्र’को रूपमा रहेको विभागले जनाएको छ ।

नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले चक्रवात अर्नबको प्रभावका रुपमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेपनि अर्णव शक्तिशाली हुँदा जस्तो डरलाग्दो हावाहुरी चल्ने अवस्था नदेखिएको बताए ।

अरु क्षेत्रको तुलनामा पूर्वी क्षेत्रमा केही भारी वर्षा हुन सक्ने उनको भनाइ छ । यसको प्रभाव मुख्यतया बिहीबार/शुक्रबारदेखि शनिबारसम्म रहने अनुमान रहको उनले जानकारी दिए। पोखरेलले बिहीबार बेलुकादेखि हिमपात सुरु हुने भएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने बताए।


जोखिमपूर्ण,पहिरो गइरहने वा कच्ची सडक क्षेत्रमा विचार गरेर मात्र यात्रा गर्नुपर्ने भएपनि राम्रा राजमार्गहरूमा डराउनुपर्ने स्थिति नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालमा उत्पादित इनर्जी ड्रिंक्सहरू सुरक्षित रहेको बताएको छ । विभागले सूचना जारी गर्दै मानव स्वास्थ्य सुरक्षा र उपभोक्ता हित संरक्षणका लागि आफू प्रतिबद्ध रहेको जनाउँदै स्वदेशी उत्पादनहरूमा क्याफिनको मात्रा अन्तर्राष्ट्रिय सुरक्षित मापदण्ड भित्रै रहेको बताएको हो । विभागका अनुसार युरोपियन फुड सेफ्टी अथोरिटी (ईएफएसए) र अमेरिकी खाद्य तथा औषधि प्रशासन ...
: शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका १ हजार ४ सय १० आरोहीले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ। शरद् ऋतुमा हिमाल आरोहण गर्न १ सय ६१ टोलीले अनुमति लिएका हुन्। पर्यटन विभागका शाखा अधिकृत सुधा रेग्मीले ४४ हिमाल आरोहणका लागि १ हजार ६९ पुरुष र ३ सय ४१ महिलाले आरोहण ...
। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका छन् । पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका कार्कीले डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका हुन् । पीसीसीमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरु सहभागी हुन्छन् । पीसीसी बैठक २ बजे बस्ने बताइएको छ । तर डीआईजीहरुलाई पनि हेडक्वाटर किन बोलाइयो भन्ने खुलेको छैन । ‘डीआईजीहरुलाई हिजो नै ...
: कोशी प्रदेशका सुनसरी, झापा, मोरङ र धनकुटाबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। प्रहरीले प्रतिबन्धित ब्राउन सुगर, ट्रामाडोल, डिक्लोमाइन, गाँजालगायत लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हाे। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका सहायक प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका बुधबार राति सुनसरीका विभिन्न स्थानबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लौकहीले सुनसरीको ...
: परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा जलवायु न्यायदेखि पर्वतीय एजेन्डालाई प्राथमिकतामा राखिने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै मन्त्री खनालले कोप–३१ मा पर्वतीय एजेन्डा, हानि र नोक्सानी, जलवायु वित्त र जलवायु न्यायको विषयलाई प्राथमिकताका साथ उठाइने बताएका हुन्। उनले जलवायुजन्य हानि र नोक्सानी कोषबाट नेपाललाई हालै ...