मुख्य समाचार
ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ
ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ

: अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ।

२०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडकखण्डको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्‍न गर्नुपर्ने समयसीमा तोकिएको थियो। सडकखण्डको काम सम्पन्‍न गर्न २०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्‍न हुन नसकेपछि ठेक्का तोडिएको हो। ठेक्का तोड्दासम्म भौतिक प्रगति १९ दशमलव ८३ प्रतिशत मात्रै पुगेको छ। निर्माण व्यवसायीलाई पटक–पटक काम अघि बढाउन ताकेता गर्दा समेत सडक कटान तथा संरचना निर्माणको कामले अपेक्षित गति लिन नसकेपछि पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का तोड्ने निर्णय गरेको हो।

कुल १० किलोमिटर लम्बाइको यस सडक निर्माणका लागि ३९ करोड ९९ लाख २९ हजार रुपैयाँ लागत अनुमान रहेको थियो। ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीबाट ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ दाखिला गर्न पत्राचार गरेको छ।

यससँगै सडक डिभिजनमार्फत लामो समयसम्म सडक तथा पुल निर्माणको काम नगर्ने ६ वटा रुग्ण ठेक्का अन्त्य गरिएको छ। २०७६ देखि काम अलपत्र परेका योजनाहरुको ठेक्का तोडिएको हो। तोडिएका ठेक्काहरुमा साँफे–मार्तडी सडकको मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत र नाली निर्माण, बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक, मंगलसेन–सुवाखाँद–खेतगैरे–जुलिमारे–ढकारी सडक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार एकैदिन उनीहरूलाई पक्राउ गरिएको हो । भजनी नगरपालिका–३ मरियाघाटबाट ७२० मिलिग्राम ब्राउनसुगरसहित टीकापुर नगरपालिका–३ का १९ वर्षीय सुमित सुनार र २० वर्षीय अभिषेक विक पक्राउ परेका छन् । उनीहरूलाई बुधबार दिउँसो भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गर्दा चेकजाँच गर्ने क्रममा पक्राउ ...
। कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले प्रदेशका १० वटै जिल्लाका प्रहरी कार्यालय प्रमुखसहित प्रदेश प्रहरी कार्यालय मातहतका सबै निकायलाई भर्चुअल माध्यमबाट आवश्यक निर्देशन दिएका छन्। बैठकमा शान्ति सुरक्षा, प्रहरीका समसामयिक कामकारबाही तथा तिहार र छठ पर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीका विषयमा छलफल भएको छ। चाडपर्वका बेला हुन सक्ने शान्ति सुरक्षा ...
। संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ । बुधबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठब बसेको थियो । उक्त बैठकमा आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागिता, जलवायु कूटनीति तथा राष्ट्रिय हितका विषयमा छलफल भएको छ । छलफलमा समितिका सभापति गणेश पराजुलीले कोप सम्मेलनमा नेपालको सहभागिता ...
। संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ । बुधबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठब बसेको थियो । उक्त बैठकमा आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागिता, जलवायु कूटनीति तथा राष्ट्रिय हितका विषयमा छलफल भएको छ । छलफलमा समितिका सभापति गणेश पराजुलीले कोप सम्मेलनमा नेपालको सहभागिता ...
: प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित रवि निवासमा चार घण्टा लामो राजनीतिक संवाद भएको छ। दुई नेताबीच बिहान १० बजेदेखि दिउँसो सवा २ बजेसम्म छलफल चलेको रास्वपाका एक पदाधिकारीले पुष्टि गरेका छन्। दुई शीर्ष नेताको संवाद लम्बिएपछि बुधबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक बिहीबारका लागि सारिएको छ। ‘सरकार ...