मुख्य समाचार
संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड
संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड

। संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ ।

बुधबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठब बसेको थियो । उक्त बैठकमा आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागिता, जलवायु कूटनीति तथा राष्ट्रिय हितका विषयमा छलफल भएको छ ।

छलफलमा समितिका सभापति गणेश पराजुलीले कोप सम्मेलनमा नेपालको सहभागिता औपचारिक भ्रमणमा मात्र सीमित नभई ठोस उपलब्धि हासिल गर्ने गरी तयारी हुनुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय वार्ता तथा संवादमा सहभागी हुने प्रतिनिधिहरू विषयगत रूपमा सक्षम, आवश्यक तयारीसहित र नेपालको हित प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने हुनुपर्ने उनको धारणा थियो ।

बैठकमा सम्बन्धित मन्त्री, मन्त्रालयका सचिव तथा वातावरण महाशाखा प्रमुखसँग कोप–३१ मा नेपालले उठाउने विषयहरूबारे छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा तथा सम्माननीय सभामुखले अन्तर–संसदीय संघमा व्यक्त गरेका धारणालाई समेत ध्यानमा राखी नेपालको हितअनुकूल अन्तर्राष्ट्रिय वार्ता अघि बढाउनुपर्ने विषय उठाइएको छ ।

सभापति पराजुलीले सम्मेलनमा स्थापना गरिने नेपालको पेभिलियन तथा प्रस्तुत गरिने वृत्तचित्रमार्फत हालैका बाढीपहिरो र जलवायुजन्य विपद्बाट भएका क्षति प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए ।

साथै, विपद्बाट भएको क्षति मात्र नभई नेपाल सुरक्षित र पर्यटनका लागि उपयुक्त गन्तव्य रहेको सकारात्मक सन्देशसमेत अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउनुपर्ने विषयमा विशेष जोड दिए ।

बैठकमा समितिका १५ सदस्यलाई नौवटा विषयगत क्षेत्र समेट्ने गरी पाँच समूहमा विभाजन गर्ने विषयमा समेत छलफल भएको छ । प्रत्येक समूहमा तीन जना सदस्य रहने प्रस्तावसहित सदस्यहरूको रुचि तथा विषयगत क्षमताका आधारमा जिम्मेवारी निर्धारण गर्ने विषयमा थप छलफल गरिने भएको छ।

समितिले कोप–३१ मा नेपालको सहभागितालाई जलवायु न्याय, विपद्बाट भएको हानि–नोक्सानी तथा राष्ट्रिय हितका सवालमा परिणाममुखी बनाउने आवश्यकतामा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार एकैदिन उनीहरूलाई पक्राउ गरिएको हो । भजनी नगरपालिका–३ मरियाघाटबाट ७२० मिलिग्राम ब्राउनसुगरसहित टीकापुर नगरपालिका–३ का १९ वर्षीय सुमित सुनार र २० वर्षीय अभिषेक विक पक्राउ परेका छन् । उनीहरूलाई बुधबार दिउँसो भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गर्दा चेकजाँच गर्ने क्रममा पक्राउ ...
: अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ। २०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडकखण्डको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्‍न गर्नुपर्ने समयसीमा तोकिएको थियो। सडकखण्डको काम सम्पन्‍न गर्न २०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्‍न ...
। कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले प्रदेशका १० वटै जिल्लाका प्रहरी कार्यालय प्रमुखसहित प्रदेश प्रहरी कार्यालय मातहतका सबै निकायलाई भर्चुअल माध्यमबाट आवश्यक निर्देशन दिएका छन्। बैठकमा शान्ति सुरक्षा, प्रहरीका समसामयिक कामकारबाही तथा तिहार र छठ पर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीका विषयमा छलफल भएको छ। चाडपर्वका बेला हुन सक्ने शान्ति सुरक्षा ...
। संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ । बुधबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठब बसेको थियो । उक्त बैठकमा आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागिता, जलवायु कूटनीति तथा राष्ट्रिय हितका विषयमा छलफल भएको छ । छलफलमा समितिका सभापति गणेश पराजुलीले कोप सम्मेलनमा नेपालको सहभागिता ...
: प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित रवि निवासमा चार घण्टा लामो राजनीतिक संवाद भएको छ। दुई नेताबीच बिहान १० बजेदेखि दिउँसो सवा २ बजेसम्म छलफल चलेको रास्वपाका एक पदाधिकारीले पुष्टि गरेका छन्। दुई शीर्ष नेताको संवाद लम्बिएपछि बुधबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक बिहीबारका लागि सारिएको छ। ‘सरकार ...