मुख्य समाचार
मन्त्रालयले मलेसिया रोजगारी सम्बन्धी भ्रामक, भ्रमपूर्ण तथा तथ्यहीन सूचना र समाचार सम्प्रेषण नगर्न आग्रह
मन्त्रालयले मलेसिया रोजगारी सम्बन्धी भ्रामक, भ्रमपूर्ण तथा तथ्यहीन सूचना र समाचार सम्प्रेषण नगर्न आग्रह

। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सम्बन्धी भ्रामक, भ्रमपूर्ण तथा तथ्यहीन सूचना र समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मलेसिया रोजगारी सम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

वैदेशिक रोजगारी जस्तो संवेदनशील विषयमा सत्य–तथ्यविनाका सूचनाले आमनागरिक तथा सरोकारवालामा अन्योल सिर्जना गर्न सक्ने भन्दै मन्त्रालयले सम्बन्धित सबैलाई यथार्थपरक सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार मलेसिया रोजगारीको पछिल्लो अवस्थाबारे नेपालले अवलम्बन गरेको श्रम तथा रोजगार सम्बन्धी नीति, वैदेशिक रोजगार ऐन तथा नियमावली, द्विपक्षीय श्रम सम्झौता र अन्तर्राष्ट्रिय कानुन परिधिभित्र रही मलेसिया सरकारका सम्बन्धित निकायसँग निरन्तर कूटनीतिक संवाद भइरहेको छ ।

दुवै देशबीचको संवाद मार्फत यस विषयलाई यथाशीघ्र टुंगोमा पुर्‍याउने पक्षमा नेपाल सरकार रहेको प्रतिबद्ध रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

नेपालको संविधान, प्रचलित कानुन र श्रम सम्झौता विपरीत हुने प्रणाली तथा पद्धतिले श्रमिकको दीर्घकालीन हित संरक्षण गर्न नसक्ने मन्त्रालयको भनाइ छ ।

नेपाली श्रमिकको हित संरक्षण गर्दै नेपाल र मलेसियाबीचको श्रम आप्रवासन व्यवस्थित, पारदर्शी, वस्तुनिष्ठ, न्यायोचित तथा पारस्परिक हितमा आधारित बनाउन सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै निष्पक्ष कामदार छनोट तथा भर्ना प्रणाली सुनिश्चित गर्ने विषयमा नेपाल सरकार पूर्णरूपमा सचेत रहेको पनि मन्त्रालयले जनाएको छ ।

नेपालको संविधान, कानुनी व्यवस्था तथा नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौता समेतका आधारमा दुवै सरकारलाई मान्य हुने पारदर्शी र निष्पक्ष भर्ना प्रणाली विकास गर्न नेपाल सरकार सकारात्मक रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार एकैदिन उनीहरूलाई पक्राउ गरिएको हो । भजनी नगरपालिका–३ मरियाघाटबाट ७२० मिलिग्राम ब्राउनसुगरसहित टीकापुर नगरपालिका–३ का १९ वर्षीय सुमित सुनार र २० वर्षीय अभिषेक विक पक्राउ परेका छन् । उनीहरूलाई बुधबार दिउँसो भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गर्दा चेकजाँच गर्ने क्रममा पक्राउ ...
: अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ। २०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडकखण्डको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्‍न गर्नुपर्ने समयसीमा तोकिएको थियो। सडकखण्डको काम सम्पन्‍न गर्न २०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्‍न ...
। कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले प्रदेशका १० वटै जिल्लाका प्रहरी कार्यालय प्रमुखसहित प्रदेश प्रहरी कार्यालय मातहतका सबै निकायलाई भर्चुअल माध्यमबाट आवश्यक निर्देशन दिएका छन्। बैठकमा शान्ति सुरक्षा, प्रहरीका समसामयिक कामकारबाही तथा तिहार र छठ पर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीका विषयमा छलफल भएको छ। चाडपर्वका बेला हुन सक्ने शान्ति सुरक्षा ...
। संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ । बुधबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठब बसेको थियो । उक्त बैठकमा आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागिता, जलवायु कूटनीति तथा राष्ट्रिय हितका विषयमा छलफल भएको छ । छलफलमा समितिका सभापति गणेश पराजुलीले कोप सम्मेलनमा नेपालको सहभागिता ...
। संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ । बुधबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठब बसेको थियो । उक्त बैठकमा आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागिता, जलवायु कूटनीति तथा राष्ट्रिय हितका विषयमा छलफल भएको छ । छलफलमा समितिका सभापति गणेश पराजुलीले कोप सम्मेलनमा नेपालको सहभागिता ...