मुख्य समाचार
बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा आज (बिहीबार) देखि सुरु हुने
बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा आज (बिहीबार) देखि सुरु हुने

: बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा आज (बिहीबार) देखि सुरु हुने भएकाे छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार चक्रवात ‘अर्नब’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भइसकेको छ। तर, यस प्रणालीका कारण आज दिउँसोदेखि वर्षा सुरु भई भोलि (शुक्रबार) देशका धेरैजसो स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मौसमविद् पोखरेलले सामाजिक सञ्जालमार्फत 'अहिले चक्रवात अर्नब कमजोर भई न्यूनचापीय प्रणालीमा परिणत भएको छ। नेपालमा बादल आइपुगे पनि वर्षा सुरु भइसकेको छैन। आज दिउँसोदेखि वर्षा सुरु हुने र भोलि भारी वर्षाको सम्भावना बढी रहने देखिन्छ। विशेष गरी आज रातिदेखि शनिबार बिहानसम्मको अवधिमा उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।' उनले भनेका छन् ।

आजको पूर्वानुमान अनुसार हिजोको तुलनामा कम जिल्लाहरू मात्रै जोखिमको सूचीमा देखिए तापनि यो प्रणालीले ठूलो क्षेत्र ओगटेको उनकाे भनाइ छ। माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखा सँग यस प्रणालीको अन्तरक्रिया भइरहेकाले अझै धेरै ठाउँमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेको छ।

वर्षा हुने स्थान, समय र परिमाणमा फेरबदल हुन सक्ने भएकाले सर्वसाधारणलाई नियमित रूपमा मौसमसम्बन्धी अपडेट र आधिकारिक सूचनाहरू मात्र हेर्न तथा आवश्यक सतर्कता अपनाउन पनि उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार एकैदिन उनीहरूलाई पक्राउ गरिएको हो । भजनी नगरपालिका–३ मरियाघाटबाट ७२० मिलिग्राम ब्राउनसुगरसहित टीकापुर नगरपालिका–३ का १९ वर्षीय सुमित सुनार र २० वर्षीय अभिषेक विक पक्राउ परेका छन् । उनीहरूलाई बुधबार दिउँसो भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गर्दा चेकजाँच गर्ने क्रममा पक्राउ ...
: अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ। २०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडकखण्डको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्‍न गर्नुपर्ने समयसीमा तोकिएको थियो। सडकखण्डको काम सम्पन्‍न गर्न २०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्‍न ...
। कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले प्रदेशका १० वटै जिल्लाका प्रहरी कार्यालय प्रमुखसहित प्रदेश प्रहरी कार्यालय मातहतका सबै निकायलाई भर्चुअल माध्यमबाट आवश्यक निर्देशन दिएका छन्। बैठकमा शान्ति सुरक्षा, प्रहरीका समसामयिक कामकारबाही तथा तिहार र छठ पर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीका विषयमा छलफल भएको छ। चाडपर्वका बेला हुन सक्ने शान्ति सुरक्षा ...
। संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ । बुधबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठब बसेको थियो । उक्त बैठकमा आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागिता, जलवायु कूटनीति तथा राष्ट्रिय हितका विषयमा छलफल भएको छ । छलफलमा समितिका सभापति गणेश पराजुलीले कोप सम्मेलनमा नेपालको सहभागिता ...
। संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ । बुधबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठब बसेको थियो । उक्त बैठकमा आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागिता, जलवायु कूटनीति तथा राष्ट्रिय हितका विषयमा छलफल भएको छ । छलफलमा समितिका सभापति गणेश पराजुलीले कोप सम्मेलनमा नेपालको सहभागिता ...