मुख्य समाचार
पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता
पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता

: नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।

पोखराले दिएको १४६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १६.५ ओभरमा ४ विकेटको क्षतिमा १४८ रनसहित लक्ष्य पूरा गरेको हो।

सुदूर पश्चिम रोयल्स पहिलो खेलमा ब्याटिङमा कोल्याप्स भएको थियो। जसको फलस्वरुप लुम्बिनी लायन्ससँग ७ विकेटको फराकिलो हार व्यहोरेको थियो। दोस्रो खेलमा भने सुदूर आफ्नो कमजोरी सुधार्दै मैदानमा प्रस्तुत भयो। पहिलो खेलमा लुम्बिनीविरुद्ध ८७ रनमा अलआउट भएको सुदूरले जितसहित राम्रो कमब्याक गर्‍यो।

सुदूरपश्चिम रोयल्सका लागि ब्याटिङ तर्फ कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ रनको अविजित अर्धशतकीय पारी खेले। उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। दिपेन्द्रले चौथो विकेटका लागि इशान पाण्डेसँग ७४ रनको साझेदारी गरेका थिए।

ओपनर विनोद भण्डारी ४ रनमा बोल्ड हुँदा अर्का ओपनर सैफ जैब १५ रन बनाउँदै रन आउट भए। पावरप्लेमा २ विकेट गुमाएको सुदूरको लागि सैफले एकतर्फबाट इनिङ्स सम्हालेका थिए। सैफ र दिपेन्द्रको ‘रन कलअप’मा समझदारी नहुँदा उनी रनआउट भए।

चौथो विकेटको लागि दीपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि इशान पाण्डेसँग ७४ रनको साझेदारी बनाउँदै खेललाई नजिक पूर्याए। इशान पाण्डेले ३७ रन बनाएर एलबीडब्ल्यू आउट भए। सेरफान रुतरफोर्ड ८ रनमा अविजित रहे।

पोखराको लागि बलिङ तर्फ धनन्जय लक्सन, मेहेदी हसन र शकिब अल हसनले १-१ विकेट लिए।

त्यसअघि पहिलो इनिङ्समा ब्याटिङ गरेको पोखराको आज पहिलो खेल थियो। पोखराले ब्याटिङमा मध्यम प्रदर्शन गर्यो। विदेशी खेलाडीहरुबाट ब्याटिङमा सोचेको जस्तो प्रदर्शन रहेन मेहेदी हसनले ओपनिङमा केही समय टिकेर रन बनाउने कोसिस गरे। उनले २१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

आशा गरिएका बंगलादेशी अलराउन्डर शकिब अल हसनले भने ब्याटिङमा सोचेजस्तो प्रदर्शन गर्न सकेनन्। उनी बाउन्ड्रीमा क्याच आउट भए। आउट भएर पेभेलियन फर्किँदा उनीमा नैराश्यता स्पष्ट देखिन्थ्यो। फ्रेन्चाइज टोलीले मात्रै होइन उनका नेपाली टोलीका लागि उनको ब्याटिङ अपेक्षा अनुरुप रहेन। तेस्रो संस्करणमा एनपीएलमा भीत्रिएका विदेशी खेलाडीमा उनको नाम पनि ठूलो नाम हो।

पोखराका लागि ब्याटिङमा नेपालका विकेटकिपर ब्याटर अर्जुन घर्ती मगरले सर्वाधिक ४० रन बनाउँदै अविजित रहे। उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे। ओपनर दिनेश खरेल ४ रनमा पेभेलियन फर्किँदा कप्तान कुशल भुर्तेलले २१ रन बनाए। बंगलादेशका चर्चित अलराउन्डर शकिब अल हसन भने १४ रन बनाउँदै क्याच बाउन्ड्री लाइनमा क्याच भए। धनन्जय लक्सनले ११ रन बनाउँदै रन आउट भए। विपिन खत्री ५ रनमा अविजित रहे।

सुदूरपश्चिम रोयल्सको लागि बलिङ तर्फ अनिल खरेलले सर्वाधिक ३ विकेट लिए। हेमन्त धामी, स्कट केग्गुलिन र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।

बिहीबार एनपीएलमा डबल हेडर रहेको छ। पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजसँग खेल्नेछ। काठमाडौंको पहिलो खेल हो भने जनकपुरको यो दोस्रो खेल हो। पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो।

त्यस्तै बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्ससँग खेल्नेछ। यी दुवै टोलीको यो दोस्रो खेल हो। पहिलो खेलमा कर्णालीले जनकपुरलाई हराएको थियो भने विराटनगर किंग्स चितवन राइनोजसँग हारेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा जनही ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। ललितपुर जिल्ला अदालतले बुधबार उनीहरूलाई धरौटीमा छाड्ने आदेश दिएको हो। अदालतले पक्राउ पुर्जी जारी गरे पनि लामो समय फरार रहेका उनीहरू बुधबार नै अदालतमा हाजिर भएका थिए। तर, ...
: अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि बन्द रहेको एन्फाको ताला खोलेका छन् । ठप्प रहेको फुटबल क्षेत्रलाई पुनः चलायनमान बनाउन भन्दै एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यहरूले सातदोवाटोस्थीत एन्फाको ताला खोलेका हुन् । साथै उनीहरूले आगामी कार्तिक १३ गते एन्फा कार्यसमितिको बैठक बस्ने समेत जनाएका छन् । एन्फाको विधान अनुसार ...
। नेपाल सुपर लिग (एनएसएल) ले नेपाली फुटबलमा अर्को कुनै लिग सञ्चालन वा गठन गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ। पछिल्लो समय सार्वजनिक भएका समाचारहरूको खण्डन गर्दै एनएसएलले मङ्गलबार (२७ अक्टोबर) एक प्रेस विज्ञप्तिमार्फत यस्तो दाबी गरेको हो। एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीद्वारा जारी विज्ञप्तिमा नेपालमा मान्यता प्राप्त एक मात्र राष्ट्रव्यापी तथा शहरमा आधारित फुटबल ...
। चितवन राइनोजले तेस्रो संस्करणको नेपाल (एनपीएल) मा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटियो । विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरी घातक बने । ४ ओभर बलिङ गरेको कमलले २६ रन खर्चेर ४ विकेट लिन सफल भए । रञ्जित ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारक हिमालय टेलिभिजन नेटवर्कले प्रतियोगिताका खेलहरू तीन विभिन्न भाषामा प्रत्यक्ष प्रसारण गर्ने भएको छ। दर्शकलाई आफ्नो अनुकूलताअनुसार खेलको मज्जा लिन सहज होस् भन्ने उद्देश्यले अङ्ग्रेजी, नेपाली र मैथिली भाषामा कमेन्ट्री सुन्न सकिने व्यवस्था मिलाइएको नेटवर्कले जनाएको छ। नेटवर्कका अनुसार, नेपाली भाषाको कमेन्ट्री मुख्य च्यानल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ। त्यसैगरी, ...