मुख्य समाचार
न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली नागरिक, विशेषगरी विद्यार्थीहरू राहदानी नवीकरण र अन्य कन्सुलर सेवा लिन सास्ती
न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली नागरिक, विशेषगरी विद्यार्थीहरू राहदानी नवीकरण र अन्य कन्सुलर सेवा लिन सास्ती

। न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली नागरिक, विशेषगरी विद्यार्थीहरू राहदानी नवीकरण र अन्य कन्सुलर सेवा लिन सास्ती भोग्न बाध्य भएका छन्। त्यहाँ नेपाली दूतावास नहुँदा र राहदानी छपाइमा देखिएको भनिएको प्राविधिक समस्या लम्बिँदा नेपालीहरू ठूलो आर्थिक भार र प्रशासनिक झन्झटमा परेका हुन्।

आधारभूत कन्सुलर सेवा लिन अस्ट्रेलिया वा नेपालसम्मै पुग्नुपर्ने अवस्था आएपछि न्युजिल्यान्डस्थित नेपाली समुदायका अगुवाहरूले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्यान्डका अध्यक्ष डा. अच्युत अर्यालले राहदानी नवीकरणलगायत सेवामा भइरहेको कठिनाइबारे विद्यार्थीहरूबाट धेरै गुनासो आउने गरेको बताए।

‘राहदानी नवीकरण गर्न र आवश्यक कागजातसम्बन्धी सेवा लिनसमेत अस्ट्रेलिया वा नेपाल जानुपर्ने बाध्यता छ,’ अर्यालले भने, ‘यसले समय र खर्च दुवै बढाएको छ भने विद्यार्थी तथा अन्य नेपालीको दैनिक जीवन र योजनामै असर पारेको छ।‘

न्युजिल्यान्ड–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राज महर्जनले समुदायले भोगिरहेको कठिनाइ समाधान गर्न क्यानबेरास्थित नेपाली दूतावाससँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए।



यता, अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत तारा गौतमले राहदानी सेवा प्रभावित हुनुको मुख्य कारण प्राविधिक समस्या रहेको बताएकी छन्।

राहदानी छपाइसम्बन्धी नयाँ ठेक्का जर्मन कम्पनीलाई दिइएको र प्रणाली सञ्चालनमा ल्याउन करिब तीन महिना लाग्ने उनले जानकारी दिइन्। प्राविधिक समस्या समाधानको प्रक्रिया अपेक्षाभन्दा लामो हुन सक्ने भएकाले सेवा पूर्ण रूपमा सहज हुन अझै केही महिना लाग्न सक्ने उनको भनाइ छ।

दूतावासले समस्या समाधानका लागि नेपाल सरकारलाई जानकारी गराइसकेको गौतमले बताइन्। नवजात शिशुको राहदानी तथा अत्यावश्यक प्रकृतिका कामलाई प्राथमिकतामा राखेर सेवा दिने प्रयास भइरहे पनि सूचना प्रविधि सम्बन्धी समस्याका कारण त्यसमा समेत कठिनाइ भइरहेको उनले स्पष्ट पारिन्।

उनले नेपाली नागरिकलाई आफ्नो राहदानीको म्याद समयमै जाँच गर्न र म्याद सकिनु अगाडि नै पर्याप्त समय लिएर नवीकरणको प्रक्रिया सुरु गर्न आग्रह गरेकी छन्।

न्युजिल्यान्डमा नेपाली नागरिकले भोगिरहेको समस्यालाई ध्यानमा राख्दै क्यानबेरास्थित नेपाली दूतावासले आगामी वर्षको सुरुदेखि घुम्ती सेवा सञ्चालन गर्ने योजना बनाएको छ। गौतमका अनुसार वर्षमा कम्तीमा दुई पटक यस्तो सेवा सञ्चालन गर्ने तयारी छ। यसबाट राहदानी नवीकरणलगायत आवश्यक कन्सुलर सेवा न्युजिल्यान्डमै उपलब्ध गराउन सकिने अपेक्षा दूतावासको छ।

न्युजिल्यान्डमा नेपाली समुदायको उपस्थिति बढ्दै गएको अवस्थामा राहदानीजस्तो अत्यावश्यक कागजातका लागि अर्को देश जानुपर्ने बाध्यताले नेपालको कन्सुलर सेवा प्रणालीमाथि प्रश्न उठाएको छ।

प्राविधिक समस्या शीघ्र समाधान गर्न, घुम्ती सेवाको योजना तत्काल कार्यान्वयन गर्न र दीर्घकालीन रूपमा नियमित कन्सुलर सेवाको व्यवस्था गर्न सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको न्युजिल्यान्ड–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष महर्जनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरबमा पछिल्लो सुरक्षा तनाव र हुथी आक्रमणको प्रभावले नेपाल फर्किने र साउदी जाने तयारीमा रहेका नेपाली श्रमिक तथा यात्रु समस्यामा परेका छन्। नियमित उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले केही समयका लागि उडान रद्द गरेपछि चाडपर्वको मुखमा स्वदेश फर्किन खोज्ने नेपाली थप अन्योलमा परेका छन्। रियादबाट नेपालका लागि हुने नियमित उडान रद्द ...
: पछिल्लो समय साउदी अरबका विभिन्न क्षेत्रमा भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटनाले यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता बढाएको छ। एक नेपालीको मृत्यु र अन्य ३ नेपाली घाइते भएको घटनासँगै अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा स्वदेश फर्कने तयारीमा रहेका नेपालीसमेत अन्योलमा परेका छन्। अक्टोबर २१ मा साउदी अरबको पूर्वी क्षेत्रमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन अवरोध ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...