मुख्य समाचार
परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाबीच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाबीच भेटवार्ता

: परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाबीच भेटवार्ता भएको छ।

परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।

भेटमा नेपाल-फ्रान्सबीच आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो। सो अवसरमा हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान तथा बहुपक्षीय सहकार्यका क्षेत्रमा दुई देशबीच सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–८ सभागृह चोकस्थित सडकमा चिप्लेढुङ्गाबाट सभागृह चोकतर्फ आउँदै गरेको ग. १६ प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई गए राति दुर्घटनामा परेको थियो । उक्त दुर्घटना हुँदा स्कुटरमा सवार पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने अन्नपुर्ण गाउँपालिका–१ ढिकुरपोखरी घर भएका २८ वर्षीय आशिष कुँवरको मृत्यु भएको नेपाल प्रहरीको ...
। जिल्ला प्रहरी परिसर काठमाडौंले स्विप अपरेसन चलाएर २४ घण्टाको अवधिमा ९२ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँहरूबाट ९२ जनालाई पक्राउ गरिएको परिसरका प्रवक्ता तथा एसपी दानबहादुर थापाले बताए । पक्राउ परेका मध्ये ८४ पुरुष र ८ महिला छन् । अपराध रोकथाम तथा नियन्त्रण र समाजमा शान्ति सुव्यवस्था कायम गर्न उच्छृङ्खल गतिविधि गर्ने तथा आपराधिक ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सिङ्गो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगिरहेको टिप्पणी गरेका छन् । देशको अवस्था थप बिग्रिन नदिन तथा देशलाई कमसेकम स्वतन्त्रता स्वाधीनताको प्रयोग गर्नसक्ने बनाउन आन्दोलनको विकल्प नभएको पनि उनले बताए । बुधबार पार्टी केन्द्रीय कार्यालयमा एमालेका मनोनीत तीनजना केन्द्रीय सदस्यको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ...
। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले शिष्टाचार भेट गरेकी छन्। मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्रालयले जनाएको छ । भेटवार्तामा नेपाल–फ्रान्सबीच आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो । सो अवसरमा हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान तथा ...
। अमेरिकाबाट कुरियरमार्फत काठमाडौं आइपुगेको गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय भवर सिंह र ३३ वर्षीय वन्दित पटेल छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो । अमेरिकाबाट डकुमेन्टको आवरणमा कुरियर गरी पठाइएको १ किलो ३३८ ग्राम गाँजासहित पक्राउ गरिएको ब्युरोका डीएसपी जीवन निरौलाले बताए ।