मुख्य समाचार
रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु
रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु

: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ ।

युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको पहलमा युद्धविराम सम्भव भएको ह्वाइट हाउसले जनाएको छ । युद्धविरामअन्तर्गत मानवीय सहायता पुर्‍याउने र शुक्रबार सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने योजना छ ।

युक्रेनको खेर्सन क्षेत्रस्थित ओलेश्की सन् २०२२ को फेब्रुअरीमा रुसले पूर्णस्तरको आक्रमण सुरु गरेपछि कब्जामा परेको थियो। युद्धअघि करिब २४ हजार जनसङ्ख्या रहेको यस सहरमा अहिले करिब एक हजार ७०० जना बसिरहेको अनुमान छ। आसपासका क्षेत्रसमेत जोड्दा त्यहाँ करिब ६ हजार मानिस, जसमा २०० बालबालिका छन्, अझै फसेको किभको आकलन छ ।

सहरमा तीन वर्षदेखि विद्युत्, ग्यास र खानेपानीको नियमित आपूर्ति छैन। पसलहरू बन्द छन् भने खाद्यान्न र औषधि पुर्‍याउनसमेत कठिनाइ भइरहेको छ। सहरबाट बाहिरिने बाटोमा बारुदी सुरुङ बिछ्याइएको र ड्रोन आक्रमणको जोखिम रहेकाले नागरिकको उद्धार पनि जोखिमपूर्ण बनेको छ।

स्थानीय बासिन्दाले चरम भोकमरी र असुरक्षाको सामना गरिरहेको बताएका छन्। एक महिलाले बारुदी सुरुङमा परेर घाइते भएपछि अस्पतालमा दुईपटक शल्यक्रिया गर्नुपरेको बताएकी छन्। सहरमा आंशिक रूपमा सञ्चालनमा रहेको एउटा अस्पतालले साताको केही दिन मात्रै गम्भीर बिरामीको उपचार गर्ने गरेको विवरण सार्वजनिक भएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले बारुदी सुरुङ हटाएका बाटोबाट बाहिरिने नागरिकलाई रुसतर्फ लैजाने जोखिम रहेको बताएका छन्। उनले फसेका नागरिकलाई सम्भव भएसम्म युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा पुग्ने व्यवस्था हुनुपर्नेमा जोड दिएका छन्।

रुसको रक्षा मन्त्रालयले मानवीय अभियानको तयारीस्वरूप मुख्य पहुँचमार्गमा रहेका विस्फोटक पदार्थ र विस्फोट गराउन मिल्ने पासो हटाउने काम भइरहेको जनाएको छ। युक्रेनी अधिकारीहरूले भने उद्धारका क्रममा गोलीबारी पुनः सुरु हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।

युद्धविराम नोभेम्बर १ को स्थानीय समयअनुसार राति ११ बजेर ५९ मिनेटसम्म कायम रहने युक्रेनी सांसद डाभिड अराखामियाले बताएका छन्। युक्रेनका मानवअधिकार आयुक्त दिमित्रो लुबिनेत्स उद्धार अभियानको समन्वयका लागि प्रभावित क्षेत्रमा पुगेका छन्।

यसैबीच, ओलेश्कीमा युद्धविरामको प्रयास भइरहे पनि अन्य क्षेत्रमा भने आक्रमण जारी छन्। सोमबार साँझ युक्रेनको राजधानी किभमा भएका आक्रमणमा एक जनाको मृत्यु भएको र १४ जना घाइते भएको विवरण छ। त्यस्तै, रुसको ब्रियान्स्कमा युक्रेनी ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएको र छ जना घाइते भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...
: इजरायलमा सम्पन्न संसद् (नेसेट) निर्वाचनमा ७७.७ प्रतिशत मतदान भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार मंगलबार भएको यो मतदान सन् १९९९ यताकै सबैभन्दा उच्च हो। निर्वाचनमा व्यापक जनसहभागिता रहे पनि एक्जिट पोल (मतदानोत्तर सर्वेक्षण) हरूका अनुसार कुनै पनि गठबन्धनले स्पष्ट बहुमत हासिल गर्न सक्ने देखिएको छैन। प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको दक्षिणपन्थी गठबन्धन र उनका प्रमुख प्रतिद्वन्द्वी ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम