मुख्य समाचार
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष संवाद अभियान सञ्चालन
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष संवाद अभियान सञ्चालन

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष संवाद अभियान सञ्चालन गरिने बताएका छन्।

मङ्गलबार बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा सभापति थापाले आन्तरिक प्रतिस्पर्धाको तिक्तता छाडेर पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न कांग्रेसले विशेष संवाद अभियान सञ्चालन गर्ने बताएका हुन्। उनले पार्टीको आन्तरिक निर्वाचनलाई स्वाभाविक रूपमा लिनुपर्ने उल्लेख गरे। पार्टीभित्रका संस्थागत गुटहरू समाप्त भइसकेकाले सम्बन्धहरूमा रहेको कटुता पनि मेट्नुपर्ने थापाको भनाइ छ।

कांग्रेसमा अहिले २० वर्षदेखि ८० वर्षसम्मका चार पुस्ता एकैसाथ क्रियाशील रहेको उल्लेख गर्दै सभापति थापाले यसलाई पार्टीको अलौकिक पुँजीको रूपमा चित्रण गरे। सभापति थापाले पार्टीबाट विगतमा भएका कमीकमजोरीलाई सच्याएर लोकतन्त्र जोगाउनका लागि केन्द्रित हुने बताए।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले पहिले काङ्ग्रेसमा रहेका तर पछिल्लो समय अर्कै पार्टीलाई मतदान गरेकाहरूलाई पुनः पार्टीमा जोड्न संवाद आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा लामो समयदेखि कांग्रेसमा रहेर समाज रूपान्तरणमा भूमिका निर्वाह गर्ने गण्डकी प्रदेशका ११ जिल्लाका अग्रज नेताहरूलाई सम्मान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोरङको उर्लाबारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटनामा उर्लाबारी नगरपालिका–८ का करिब ५० वर्षीय लोकेन्द्र थापाले ज्यान गुमाएका हुन्। उर्लाबारी नगरपालिका–६ स्थित गोलचोकमा मंगलबार साँझ करिब ५ः५० बजेतिर दुर्घटना भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । उनका अनुसार पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बागमती प्रदेश ०१–००४ क २२२८ नम्बरको ...
: बाराको जितपुरसिमरा उपमहानगरपालिका –०१ पथलैयास्थित चेकपोइन्टबाट अबैध रुपमा ल्याउँदै गरेको पटका बरामद गरिएको छ । बिहान करिब ०८:३० बजे प्रहरी चौकी पथलैया, बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले सिम्रौनगढबाट काठमाडौं ल्याउँदै गरेको बा.प्र.०१–०३४ च ७३१५ नम्बरको माछा लोड गरेको पिकअपलाई पथलैया चेकपोइन्टमा चकेजाँच गर्ने क्रममा बरामद गरेको हो। प्रहरीका अनुसार लुकाइछिपाइ ...
: चापाकोट नगरपालिकाबाट वालिङतर्फ आउँदै गर्दा एउटा स्कुटरमा अचानक आगलागी भएको छ। आगलागीका कारण स्कुटर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनामा स्कुटर चालक चापाकोट–९ का २१ वर्षीय मन्दिप विक भने सुरक्षित रहेको प्रहरीले जनाएको छ। टीभीएस कम्पनीको एनटर्क १२५ सीसीको ग १६ प ६१४५ नम्बरको उक्त स्कुटर वालिङ नगरपालिका–५ जगतभञ्ज्याङ आइपुग्दा मंगलबार साँझ गुडिरहेको अवस्थामा अचानक ...
: बुढीगण्डकीमा विनाशकारी बाढी आएको १७ दिन बित्यो, अझै कालो पानी बग्न छाडेको छैन। बाढीका बेला बगेको कालो लेदो अहिले पनि बग्न नछाडेकाले बुढीगण्डकी अहिले पनि कालै रङमा देखिने गरेको हो। बर्खाका दुई महिनाबाहेक प्रायः सधैं सङ्लो र नीलो देखिने बुढीगण्डकी लामो समयदेखि कालै रङमा बगेपछि देख्नेहरू अचम्मित छन्। ‘खै किन हो, अहिलेसम्म पनि बुढीगण्डकीमा कालो ...
। मोबाइल बैंकिङ सेवा खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । उनीहरूले ‘म खल्तीको कर्मचारी हुँ । तपाईंको केवाईसी अपडेट गर्नुपर्ने रहेछ । नत्र वालेट बन्द हुन्छ । तपाईंको बैंक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम