मुख्य समाचार
तिहार नजिकिँदै गर्दा बजारमा फूलको माग र व्यापार उच्च हुँदै
तिहार नजिकिँदै गर्दा बजारमा फूलको माग र व्यापार उच्च हुँदै

: तिहार नजिकिँदै गर्दा बजारमा फूलको माग र व्यापार उच्च हुँदै गएको छ। तर उपभोक्तामा भने अभाव र महँगो मूल्यको मार खेप्नुपर्ने हो कि भन्ने चिन्ता फेरि देखिएको छ।

अघिल्लो वर्ष तिहारमा सयपत्री फूलको माला अभाव भएपछि उपभोक्ताले महँगो मूल्य तिर्नु परेको थियो। यस वर्ष करिब ४५ लाख माला व्यावसायिक रूपमा उत्पादन हुने अनुमान र मखमली फूलमा आत्मनिर्भरता रहे पनि काठमाडौंमा फूल बिक्री गर्ने स्थानकै टुंगो नलाग्दा बजार व्यवस्थापनमा अन्योल छ। स्वदेशी उत्पादनले मागको ठूलो हिस्सा धान्न सक्ने अवस्था रहे पनि समयमै बजार व्यवस्थापन र बिक्रीस्थलको व्यवस्था गर्न नसके अभाव तथा मूल्यवृद्धि दोहोरिन सक्ने जोखिम कायमै छ।

नेपालमा पुष्प व्यवसायको क्षेत्र र कारोबार निरन्तर विस्तार भइरहेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार नेपालमा हाल ५४ जिल्लामा ३ सय २५ हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्पखेती भइरहेको छ। नर्सरी, कट फ्लावर, थोक तथा खुद्रा बिक्री, लुज फ्लावर उत्पादन र कृषि सामग्री आपूर्तिसहित एक हजार ४ सय ४५ भन्दा बढी व्यवसायी यस क्षेत्रमा संलग्न छन्। पुष्प व्यवसायमा हाल ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी रहेको र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६२ हजार ५ सयभन्दा बढीले रोजगारी पाएको संस्थाको विवरणमा उल्लेख छ।

तिहार नजिकिँदै गर्दा फूलको माग र कारोबार बढे पनि काठमाडौंमा बिक्रीस्थलको टुंगो नलाग्दा बजार व्यवस्थापनमा अन्योल।
यस वर्ष करिब ४५ लाख माला व्यावसायिक रूपमा उत्पादन हुने अनुमान।
मखमली फूलमा नेपाल आत्मनिर्भर र सयपत्रीको आन्तरिक उत्पादनले पनि मागको ठूलो हिस्सा धान्न सक्ने अवस्था।
अघिल्लो वर्ष सयपत्री मालाको अभाव र मूल्यवृद्घि भोगेका उपभोक्तलाई यस वर्ष पनि त्यस्तै समस्या दोहोरिने चिन्ता।
आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ३७ करोड रुपैयाँ रहेको पुष्प व्यवसायको वार्षिक कारोबार चालु आर्थिक वर्ष २०८२/८३ मा १६.९१ प्रतिशतले बढेर तीन अर्ब ९४ करोड रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ। सजावटी बोटबिरुवा, कट फ्लावर तथा सयपत्री र मखमली मालाको कारोबार बढी हुने गरेको छ। तर आन्तरिक उत्पादनको वार्षिक वृद्धिदर ७ देखि ९ प्रतिशतमा सीमित रहँदा माग र आपूर्तिमा भने सामान्यतया १० देखि १५ प्रतिशतसम्म वृद्धि हुँदै आएको फ्यानले जनाएको छ। यसले उत्पादन विस्तारसँगै गुणस्तरीय बीउबिजन र मदर प्लान्टको सहज उपलब्धता आवश्यक रहेको देखाउँछ।

कारोबार बढे पनि आयातमाथिको निर्भरता भने थप चुलिएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा पुष्प तथा पुष्पजन्य वस्तुको आयात २६ करोड १३ लाख ७२ हजार रुपैयाँ पुगेको जनाएको छ। अघिल्लो वर्षको १२ करोड ७० लाख ८९ हजार रुपैयाँको तुलनामा आयात १०५.६६ प्रतिशतले बढेको हो। निर्यात भने एक करोड १५ लाख ७८ हजार रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४५.७९ प्रतिशत कम हो।

मूल्य निर्धारण र बजार व्यवस्थापनमा अन्योल

यस वर्ष तिहारका लागि एक मिटर लामो सयपत्री मालाको खुद्रा मूल्य अधिकतम १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ भने मखमली मालाको मूल्य ८० देखि ९० रुपैयाँसम्म रहने बताइएको छ। मालाको लम्बाइ र गुणस्तरअनुसार मूल्य फरक पर्न सक्छ। ‘यस वर्ष तिहारका लागि करिब ४५ लाख माला व्यावसायिक रूपमा उत्पादन हुने अनुमान छ,’ फ्यानका महासचिव हीरामणि शर्मा भन्छन्, ‘मखमली फूलमा नेपाल आत्मनिर्भर रहेकाले र सयपत्रीको आन्तरिक उत्पादनले पनि मागको ठूलो हिस्सा धान्न सक्ने भएकाले उचित व्यवस्थापन भए फूलको अभाव हुने छैन।’

काठमाडौं महानगरपालिकाले फूल व्यवसायीलाई व्यवस्थित रूपमा व्यापार गर्ने स्थान उपलब्ध गराउने विषयमा निर्णय नगरेको व्यवसायीहरूको गुनासो छ। तिहारमा फूलको माग अत्यधिक हुने समयमा बिक्रीस्थल, आपूर्ति र मूल्य नियन्त्रणको प्रभावकारी व्यवस्था नहुँदा स्वदेशी उत्पादन पर्याप्त भए पनि उपभोक्ताले सहज रूपमा फूलमाला नपाउने चुनौती खडा भएको छ। प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘नगरप्रमुखको संयोजकत्वमा हुने बैठकबाट यसबारे निर्णय हुनुपर्ने भए पनि हालसम्म प्रक्रिया अघि बढेको छैन।’

व्यवसायीहरूले भने अघिल्लो वर्ष नै तिहारमा फूल बिक्री गर्ने स्थान तोक्ने विषयमा निर्णय भएको दाबी गर्दै यस वर्ष आफूहरूसँग पर्याप्त समन्वय नभएको बताएका छन्। उत्पादन पर्याप्त भए पनि व्यवस्थापन कमजोर हुँदा तिहारअघि स्वदेशी फूलको बजार व्यवस्थापनमाथि प्रश्न उठेको छ।

गोदावरी फूल प्रदर्शनी आयोजना हुँदै

पुष्प व्यवसायको प्रवद्र्धन र नेपाली फूलको बजार विस्तार गर्ने उद्देश्यले फ्यानले १९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔं घरआँगन वरिपरि’ भन्ने नारासहित कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा प्रदर्शनी सञ्चालन हुनेछ।

पाँच दिनसम्म चल्ने प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शक आउने र एक करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अनुमान छ। मेलामा ८६ वटा प्रदर्शनी कक्ष रहनेछन् भने गोदावरीका नयाँ तथा पुराना प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूलबिरुवा बिक्री तथा प्रदर्शन गरिनेछ। सयपत्री, मखमली र अन्य मौसमी फूलका साथै सजावटी बिरुवासमेत मेलामा उपलब्ध हुनेछन्।

गोदावरी फूलका मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर गरी पाँच विधामा प्रतिस्पर्धा गराइनेछ। यस वर्ष कट फ्लावरतर्फ उत्कृष्ट पुष्प सजावटको विधासमेत थप गरिएको छ। उत्कृष्ट स्टलसहित विभिन्न विधामा विजयी नर्सरी तथा फार्मलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ। फूलबिरुवामा लाग्ने रोग तथा कीरासम्बन्धी समस्या समाधानका लागि विशेषज्ञसहितको प्लान्ट क्लिनिक पनि सञ्चालन गरिनेछ।

पुष्प प्रवद्र्धन नीति, २०६९ को प्रभावकारी कार्यान्वयन नहुनु तथा बीउबिजन र मदर प्लान्ट आयातमा देखिने नीतिगत जटिलताले स्वदेशी उत्पादन प्रभावित भएको फ्यानको भनाइ छ। गुणस्तरीय रोपण सामग्रीको उपलब्धता, आधुनिक प्रविधि, अनुसन्धान, बजार व्यवस्थापन र निर्यात प्रवद्र्धनमा लगानी बढाउन सके पुष्प व्यवसायले थप गति लिन सक्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले सार्वजनिक गरेको तथ्यांक अनुसार तिहारको ५ दिनमा खपत हुने यी मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँ बराबर कारोबार हुनेछ । मालाका साथै घर, आँगन र कार्यालय सजाउन प्रयोग हुने ४३ लाख फूलका थुँगा ...
। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ । ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो । निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै विक्रेता मार्फत अनिवार्य बिल दिने व्यवस्था मिलाउन भनेको हो ...
। जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २ करोड रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । भोटेकोशी र त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत, ...
। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र रौतहटका उखु किसानलाई अनुदान बापत १० करोड ४३ लाख रुपैयाँ भुक्तानीका लागि निकासा गरेको छ । गत आर्थिक वर्षको उखु उत्पादनमा आधारित अनुदान बापत पाउनुपर्ने उक्त रकम मन्त्रालयले सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा निकासा गरेको हो । मन्त्रालयका अनुसार उक्त रकम बर्दिया र रौतहटका ४ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम