मुख्य समाचार
राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक अवलोकन गर्न आउने क्रम वृद्धि
राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक अवलोकन गर्न आउने क्रम वृद्धि

। सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक अवलोकन गर्न आउने क्रम वृद्धि भएको पाइएको छ ।

मुलुक चाडपर्वमय भइरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गर्नेको सङ्ख्या बढेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर विक्रम चौधरीले जानकारी दिए ।

करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज विश्वमै ठूलो बाह्रसिङ्गा हुल अवलोकन गर्न पाउने निकुञ्जका रूपमा परिचित छ । त्यस्तै मुलुकभरमै थोरै क्षेत्रफलमा धेरै पाटे बाघ भएको निकुञ्जका रूपमा समेत परिचित छ । यहाँ दुई हजार तीन सयभन्दा बढी बाह्रसिङ्गा, ५० वटा पाटे बाघ, २० भन्दा बढी गैडा, साढे चार सयभन्दा बढी चराचुरुङ्गी पाइने निकुञ्ज कार्यालयले जनाएको छ ।

गत असोज २८ गतेदेखि कात्तिक ९ गतेसम्म १३ दिनको अवधिमा आन्तरिक र बाह्य गरी ५९० जनाले निकुञ्जको अवलोकन भ्रमण गरेको रेञ्जर चौधरीले बताए ।



‘बर्सातका बेला निकुञ्ज प्रवेश बन्द थियो । असोजको अन्तिम साता मात्रै खुला गरिएको हो,’ चौधरीले भने, ‘चाडपर्वका बेला घर आएका कञ्चनपुरसहित सुदूरपश्चिमका साथै मुलुकका विभिन्न स्थानबाट यहाँ आउने क्रम बढेको छ ।’

निकुञ्ज खुला भएयता सोमबारसम्म यहाँ ५६० जना आन्तरिक, २३ जना सार्क मुलुकका र सात जना अन्य मुलुकका पर्यटकले अवलोकन भ्रमण गरेको रेञ्जर चौधरीले बताए ।

आन्तरिक पर्यटकलाई निकुञ्ज प्रवेश शुल्क प्रतिव्यक्ति १००, सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ७५० र सार्क राष्ट्र बाहेकका विदेशी पर्यटकलाई प्रतिव्यक्ति एक हजार ५०० रुपैयाँ शुल्क लिइने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

‘काम र अध्ययनलगायतका कारणले जिल्ला बाहिर रहनुभएका कञ्चनपुरका स्थानीय नागरिक पनि बिदाका बेला शुक्लाफाँटा घुम्न आउने गरेका छन्,’ चौधरीले भने, ‘निकुञ्जको प्रचारप्रसार र पर्यटक प्रवर्द्धनका लागि पनि प्रयास भइरहेकै छन् ।’

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले कञ्चनपुरका पर्यटकीय गन्तव्यमा पछिल्लो समय आन्तरिक पर्यटकको भीडभाड रहेको बताए ।

‘शुक्लाफाँटा, महाकालीस्थित चार लेनको पक्की भाइरल पुल, झोलुङ्गे पुल, बेदकोट ताल र झिलमिला तालमा पर्यटकको आवागमन वृद्धि भएको छ,’ उनले भने, ‘अहिले पश्चिमी नाका गड्डाचौकी भएर भारतको नैनीताल र कैची धाम घुम्ने जाने नेपालीको सङ्ख्यामा पनि वृद्धि भएको छ ।’

उनले पर्यटकीयस्थलमा आउने पर्यटकको यातायात, आवास र सुरक्षालगायतका विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मोबाइल बैंकिङ सेवा खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । उनीहरूले ‘म खल्तीको कर्मचारी हुँ । तपाईंको केवाईसी अपडेट गर्नुपर्ने रहेछ । नत्र वालेट बन्द हुन्छ । तपाईंको बैंक ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ । भेटमा उच्च शिक्षामा सहकार्य विस्तार तथा साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीका विषयमा छलफल भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ । ‘सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मङ्गलबार भएको भेटवार्तामा दुई देशबिचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य र साइप्रसमा अध्ययनरत ...
। चितवनका जग्गा तथा आवास व्यवसायीले कित्ताकाटमा देखिएका अवरोध हटाउन र भू–उपयोग नीतिमा स्पष्टता ल्याउन सरकारसँग माग गरेका छन् । नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारी नेतृत्वको टोलीले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग सौराहामा भेट गरी जग्गा कारोबारसम्बन्धी समस्या समाधान गर्न आग्रह गरेको हो । मन्त्री रावल हाल चितवनका ...
। ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले यसबारे यस्तो जानकारी गराएकी हुन् । कूटनीतिक पहलमार्फत नेपालले नियमित खोप कार्यक्रमका लागि गाभीबाट उक्त सहयोग प्राप्त गर्ने मन्त्री मेहता जानकारी दिइन् । यसैगरी नेपालले ...
। यस वर्षको दशैं अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन् । यस वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म उक्त पदमार्गमा पाँच हजार ३८४ पर्यटक आएका हुन् । गत वर्ष सोही अवधिमा दुई हजार ७५७ पर्यटक आएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम