मुख्य समाचार
यस वर्षको दशैं अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
यस वर्षको दशैं अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

। यस वर्षको दशैं अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

यस वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म उक्त पदमार्गमा पाँच हजार ३८४ पर्यटक आएका हुन् । गत वर्ष सोही अवधिमा दुई हजार ७५७ पर्यटक आएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार यस वर्ष गत वर्षका तुलनामा दुई हजार ६२७ पर्यटक बढी आएका छन् ।

उनका अनुसार यस वर्ष पर्यटक आगमन बढ्नुको प्रमुख कारणमध्ये मनास्लु क्षेत्रको पदमार्गमा बाढीपहिरोले पुर्‍¥याएको क्षति पनि एक हो । मनास्लु पदमार्गमा बाढीपहिरोका कारण आवागमन भावित भएपछि त्यहाँ जाने केही पर्यटक अन्नपूर्ण पदमार्गतर्फ आएका उनले बताए । यस वर्ष मौसम अनुकूल रहनु र पछिल्लो समय मानिसमा घुमफिर गर्ने संस्कृति बढ्दै जानुले पनि पर्यटक आगमनमा वृद्धि भएको उनको भनाइ छ ।

केन्द्रको तथ्याङ्कअनुसार यस वर्ष अन्नपूर्ण पदमार्गमा आएका पर्यटकमध्ये तीन हजार २८८ पुरुष, दुई हजार ९४ महिला र अन्य दुई जना छन् । त्यस्तै, सार्क राष्ट्रबाट ६०९ र गैरसार्क राष्ट्रबाट चार हजार ७७५ पर्यटक आएका छन् । तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतबाट ६०६ पर्यटक आएका छन् । जर्मनीबाट ४३८, इजरायलबाट ४१८, फ्रान्सबाट ३६४ र संयुक्त राज्य अमेरिकाबाट ३५२ पर्यटक आएका छन् ।



लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङसम्म पुग्छ । हिमाली दृश्य, प्राकृतिक सौन्दर्य, परम्परागत बस्ती र स्थानीय संस्कृतिको अवलोकन गर्न पाइने भएकाले यो पदमार्ग विदेशी पर्यटकमाझ लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–८ सभागृह चोकस्थित सडकमा चिप्लेढुङ्गाबाट सभागृह चोकतर्फ आउँदै गरेको ग. १६ प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई गए राति दुर्घटनामा परेको थियो । उक्त दुर्घटना हुँदा स्कुटरमा सवार पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने अन्नपुर्ण गाउँपालिका–१ ढिकुरपोखरी घर भएका २८ वर्षीय आशिष कुँवरको मृत्यु भएको नेपाल प्रहरीको ...
। जिल्ला प्रहरी परिसर काठमाडौंले स्विप अपरेसन चलाएर २४ घण्टाको अवधिमा ९२ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँहरूबाट ९२ जनालाई पक्राउ गरिएको परिसरका प्रवक्ता तथा एसपी दानबहादुर थापाले बताए । पक्राउ परेका मध्ये ८४ पुरुष र ८ महिला छन् । अपराध रोकथाम तथा नियन्त्रण र समाजमा शान्ति सुव्यवस्था कायम गर्न उच्छृङ्खल गतिविधि गर्ने तथा आपराधिक ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सिङ्गो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगिरहेको टिप्पणी गरेका छन् । देशको अवस्था थप बिग्रिन नदिन तथा देशलाई कमसेकम स्वतन्त्रता स्वाधीनताको प्रयोग गर्नसक्ने बनाउन आन्दोलनको विकल्प नभएको पनि उनले बताए । बुधबार पार्टी केन्द्रीय कार्यालयमा एमालेका मनोनीत तीनजना केन्द्रीय सदस्यको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ...
। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले शिष्टाचार भेट गरेकी छन्। मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्रालयले जनाएको छ । भेटवार्तामा नेपाल–फ्रान्सबीच आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो । सो अवसरमा हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान तथा ...
। अमेरिकाबाट कुरियरमार्फत काठमाडौं आइपुगेको गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय भवर सिंह र ३३ वर्षीय वन्दित पटेल छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो । अमेरिकाबाट डकुमेन्टको आवरणमा कुरियर गरी पठाइएको १ किलो ३३८ ग्राम गाँजासहित पक्राउ गरिएको ब्युरोका डीएसपी जीवन निरौलाले बताए ।