मुख्य समाचार
आफूलाई प्राप्त जिम्मेवारी नबिराई र नडराई पूरा गर्ने
आफूलाई प्राप्त जिम्मेवारी नबिराई र नडराई पूरा गर्ने

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई प्राप्त जिम्मेवारी नबिराई र नडराई पूरा गर्ने बताएका छन्।

स्याङ्जा आउने क्रममा सोमबार सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले आफू कर्म गर्नका लागि आएको र सधैं सत्कर्म गर्ने बताएका हुन्। ‘चमत्कार नै गर्छु भनेको छैन। कर्म गर्न आएको हुँ। कर्म गर्छु,’उनले भने। थापाले नेता तथा कार्यकर्ताको आस्था र विश्वासले सुम्पिएको जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।

सभापतिमा निर्वाचित भएपछिको पहिलो जिल्ला भ्रमणका रूपमा स्याङ्जा आएर मनकामना मन्दिरको आशीर्वाद लिने अवसर पाएको उनले बताए। नेपाली कांग्रेसको उर्वरभूमि स्याङ्जाका धेरै परिवारले देशका निम्ति जीवन र जवानी सुम्पिएको जनाउँदै सभापति थापाले अग्रज नेता र तिनका परिवारको स्मरण गरे। सभापति थापाले भने, ‘कांग्रेस चार पुस्ताको पार्टी हो। सबैलाई समेटेर अघि बढ्नेछु। पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा एउटाको जित र अर्काको हार अवश्य हुन्छ। जित्नेले हस्तिनापुर प्राप्त गर्ने र हार्नेले सर्वस्व गुमाउने होइन। इच्छा र चाहना हुनेलाई काम र जिम्मेवारी दिइनेछ।’

सबैको राय र सल्लाह बमोजिम जिल्ला अधिवेशनको तिथि–मिति तोकिने समेत थापाको भनाइ छ। ‘नयाँ ढङ्गले पार्टी चल्छ। म माथिबाट सुरुवात गर्छु। यसमा जिल्ला र प्रदेशका साथीहरूले साथ र सहयोग गर्नुपर्नेछ, ‘उनले थपे, ‘स्थानीय तहको निर्वाचन नजिकिँदै छ। पुस–माघ महिनामै उम्मेदवार टुङ्गो लगाउनेछौँ। उम्मेदवार छनोटको मापदण्ड तयार पार्नेछौँ र डिजिटल प्रविधिको उपयोग गरी उपयुक्त उम्मेदवार छनोट गर्नेछौँ।’

क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई निरन्तरता दिइने जनाउँदै सबै कांग्रेसीहरूलाई एकढिक्का बनाएर अघि बढाउने उनले प्रतिबद्धता जनाए। कार्यक्रममा जिल्ला सभापति राजु थापाले सभापति थापालाई स्याङ्जामा स्वागत गर्दै जिल्ला अधिवेशनका क्रममा पराजित उम्मेदवारलाई समेट्ने गरी योजना बनाउन आग्रह गरे। स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रमको सहजीकरण सचिव दामोदर लम्सालले गरेका थिए। सभापति थापाका लागि पुतलीबजार नगरपालिका–१ अभियानपथस्थित पार्टी मुख्यालय र वालिङ नगरपालिकामा पनि स्वागत एवं सम्मान कार्यक्रमको आयोजना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाल्पामा बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसीथोक निवासी ३७ वर्षीया माया कुवँर रहेको प्रहरीले जनाएको छ । सोमबार बेलुका सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड अन्तरगत पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा नजिकै गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट ...
: सशस्त्र प्रहरीले तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब ३ लाख मूल्य भन्दा बढीको बारुदजन्य पटाका बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापा तथा मातहतका कार्यालयहरूले सीमा क्षेत्रका विभिन्न नाका र चेकपोइन्टमा नियमित गस्ती तथा चेकजाँचलाई तीव्रता दिने क्रममा बरामद गरिएको ३ लाख ...
। सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन् । पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उनले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे । ‘विप्रेषण यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ’, उनले भने, ‘निजी क्षेत्रसँग मिलेर काम गर्न अहिलेको ...
: काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो दुर्घटनामा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । मृतक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र सोही ठाउँकी २२ वर्षीया अप्सरा राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार पुर्कुटीको शव आइतबार उदयपुरको कटारी ...
। दशैंको मौकामा चोरी गर्ने चार जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारका २५ वर्षीय विकास पोदार, बिहारकै १९ वर्षीय राजु पोदार, सोही ठाउँका २३ वर्षीय राजेन्द्र कुमार र सोही ठाउँका विणा देवी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूले कलंकीस्थित किसन सिंह बस्नेतको घरमा भाडामा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम