मुख्य समाचार
प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई पक्राउ
प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई पक्राउ

। प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार इटहरी उपमहानगरापलिका–१३ ओम शान्ति भवनस्थित प्रदेश १–०२–००५ ह ६४८० नं को सिटी रिक्सालाई जाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेमा चालक हरिनगर गाँउपालिका–७ का १८ वर्षीय अब्दुल खान, सवार १८ वर्षीय मोतिम आलम र को ३६ प ६२४३ नं को मोटरसाइकल चालक हरिनगरा गाउँपालिका–७ का १८ वर्षीय सोजिप खानलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाबाट ट्रामाडोल–छ हजार ९८० क्यापसुल, स्पास्मो–सात हजार क्यापसुल र हाइड्रोब्रोमाइन–दुई बोतल प्रतिबन्धित औषधि बरामत गरिएको छ । प्रहरीले बराह क्षेत्र नगरपालिका–७ का २७ वर्षीय कुशल घिमिरे, ३२ वर्षीय तुलसी खड्का र इटहरी–९ का ३२ वर्षीय मुकेश भुजेललाई तीन ग्राम ३० मिलिग्राम ब्राउन सुगर, प्रहरी चौकी भरोलले बराह क्षेत्र–५ का ४० वर्षीय रामकुमार चौधरीलाई ११० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।



इलाका प्रहरी कार्यालय बेलटार उदयपुरले त्रियुगा नगरपालिका–१० का २६ वर्षीय मनोज मग्राङ्तीलाई स्पास्मो–२८८ क्यापसुल र निट्राजेपाम–३०० ट्याब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ भने झापाको इलाका प्रहरी कार्यालय अनारमनीले ताप्लेजुङ फुङलिङ नगरपालिका–३ का २५ वर्षीय बविस भण्डारीलाई तीन ग्राम एक मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

पक्राउ परेका सबै जनाको थप अनुसन्धान भइ रहेको थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाल्पामा बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसीथोक निवासी ३७ वर्षीया माया कुवँर रहेको प्रहरीले जनाएको छ । सोमबार बेलुका सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड अन्तरगत पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा नजिकै गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई प्राप्त जिम्मेवारी नबिराई र नडराई पूरा गर्ने बताएका छन्। स्याङ्जा आउने क्रममा सोमबार सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले आफू कर्म गर्नका लागि आएको र सधैं सत्कर्म गर्ने बताएका हुन्। ‘चमत्कार नै गर्छु भनेको छैन। कर्म गर्न आएको हुँ। कर्म गर्छु,’उनले भने। थापाले नेता तथा कार्यकर्ताको आस्था ...
: सशस्त्र प्रहरीले तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब ३ लाख मूल्य भन्दा बढीको बारुदजन्य पटाका बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापा तथा मातहतका कार्यालयहरूले सीमा क्षेत्रका विभिन्न नाका र चेकपोइन्टमा नियमित गस्ती तथा चेकजाँचलाई तीव्रता दिने क्रममा बरामद गरिएको ३ लाख ...
। सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन् । पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उनले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे । ‘विप्रेषण यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ’, उनले भने, ‘निजी क्षेत्रसँग मिलेर काम गर्न अहिलेको ...
: काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो दुर्घटनामा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । मृतक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र सोही ठाउँकी २२ वर्षीया अप्सरा राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार पुर्कुटीको शव आइतबार उदयपुरको कटारी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम