मुख्य समाचार
हुथी आक्रमणको प्रभावले नेपाल फर्किने र साउदी जाने तयारीमा रहेका नेपाली श्रमिक तथा यात्रु समस्यामा
हुथी आक्रमणको प्रभावले नेपाल फर्किने र साउदी जाने तयारीमा रहेका नेपाली श्रमिक तथा यात्रु समस्यामा

: साउदी अरबमा पछिल्लो सुरक्षा तनाव र हुथी आक्रमणको प्रभावले नेपाल फर्किने र साउदी जाने तयारीमा रहेका नेपाली श्रमिक तथा यात्रु समस्यामा परेका छन्। नियमित उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले केही समयका लागि उडान रद्द गरेपछि चाडपर्वको मुखमा स्वदेश फर्किन खोज्ने नेपाली थप अन्योलमा परेका छन्।

रियादबाट नेपालका लागि हुने नियमित उडान रद्द हुँदा यात्रुहरू बढी प्रभावित भएका छन्। दमाम र जेद्दाबाट भने केही उडान आंशिक रूपमा सञ्चालन भइरहेका छन्। अन्य एयरलाइन्सले पनि आवश्यकता र उपलब्धताअनुसार अलकासिम, हाइल र मदिनालगायतका विमानस्थलबाट उडान सञ्चालन गरिरहेका छन्।

तर, सबै यात्रुले आफूलाई पायक पर्ने विमानस्थलबाट यात्रा गर्न नपाउँदा समस्या थपिएको छ। अक्टोबर ८ देखि २५ सम्म रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलका निर्धारित उडानमध्ये ८६ प्रतिशत रद्द भएको रोयटर्सले उल्लेख गरेको छ। रियादबाट अन्य विमानस्थलसम्म पुग्न घण्टौँ यात्रा गर्नुपर्ने अवस्था छ। त्यसले समय, यातायात खर्च र शारीरिक कठिनाइ बढाएको छ।

टिकटको मूल्य ५० हजारदेखि एक लाख रुपैयाँसम्म

उडान सीमित हुनु र यात्रुको चाप बढ्नुको असर हवाई टिकटको मूल्यमा पनि परेको यात्रुहरूको गुनासो छ। सामान्य अवस्थामा भन्दा महँगो मूल्यमा टिकट किन्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्। कतिपय यात्रुले एकतर्फी नेपाल फर्किन ५० हजारदेखि एक लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको बताएका छन्। चाडपर्वमा परिवारसँग भेटघाट गर्ने योजना बनाएका नेपालीहरू उडान रद्द भएपछि अन्योलमा छन्।

बिदा मिलाएर बसेका श्रमिकलाई कम्पनीमा पुनः हाजिर हुने समय, टिकटको अनिश्चितता र थप खर्चले समेत चिन्तित बनाएको छ भने नेपालबाट साउदी फर्किनेको समस्या पनि बढ्दो रहेको छ।

नेपाली ट्राभल्स व्यवसाय पनि संकटमा

उडान रद्द तथा सीमित हुँदा साउदी अरबमा सञ्चालित नेपाली ट्राभल्स व्यवसायसमेत प्रभावित भएको छ। यात्रुका टिकट पुनः बुकिङ गर्ने, उडानको नयाँ मिति पत्ता लगाउने, वैकल्पिक मार्ग खोज्ने र रिफन्ड गर्ने काममा व्यवसायीलाई कठिनाइ भइरहेको छ। यात्रुहरूलाई समयमै स्वदेश पठाउन नसक्दा व्यवसायीमाथि यात्रुको दबाब बढेको छ। टिकटको मूल्यमा भएको वृद्धि र उडानको अनिश्चितताले यात्रु तथा व्यवसायी दुवैलाई आर्थिक र व्यावसायिक जोखिममा पारेको छ।

नेपाली राजदूतावास, रियादले पनि साउदी अरबमा रहेका नेपालीलाई स्थानीय अधिकारीका सुरक्षा निर्देशन पालना गर्न, अपुष्ट सूचना सामाजिक सञ्जालमा नफैलाउन तथा विमानस्थल जानुअघि सम्बन्धित एयरलाइन्ससँग उडानको अवस्था पुष्टि गर्न र आपत्कालीन अवस्थामा दूतावाससँग समन्वय र सम्पर्क गर्न आग्रह गरेको छ।

साउदी अरबका लागि नेपाली पर्यटन दूत राजेन्द्र अर्यालले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाली यात्रुलाई आधिकारिक सूचनाका आधारमा मात्रै यात्रा योजना बनाउन आग्रह गरेका छन्। उडान रद्द हुँदा समस्यामा परेका नेपालीलाई सहजीकरण गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उनले बताए। यता, नेपाली समुदायका प्रतिनिधिहरूले यात्रुको सुरक्षा, स्वदेश फर्किने योजनामा परेका नेपालीको समस्या र आधिकारिक सूचनाको सहज पहुँचलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका छन्। नियमित उडान रद्द हुँदा यात्रुले वैकल्पिक विमानस्थलसम्म पुग्नुपर्ने, थप खर्च बेहोर्नुपर्ने र परिवारसँग चाडपर्व मनाउने योजना प्रभावित हुने भएकाले सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताएका छन्।

यस्तो अवस्थामा नेपाली राजदूतावास, सम्बन्धित एयरलाइन्स, ट्राभल्स व्यवसायी तथा साउदीमा क्रियाशील नेपाली संघसंस्थाबीच प्रभावकारी समन्वय थप आवश्यक देखिएको छ। यात्रुलाई आधिकारिक सूचना उपलब्ध गराउने, उडानको अवस्था नियमित सार्वजनिक गर्ने र समस्यामा परेका नेपालीलाई आवश्यक सहजीकरण गर्ने कामलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। साथै, सुरक्षा अवस्थालाई ध्यानमा राख्दै यात्रुले टिकट काट्नुअघि सम्बन्धित एयरलाइन्स र आधिकारिक निकायसँग उडान पुष्टि गर्नु आवश्यक छ। हल्ला र अपुष्ट सूचनाका आधारमा यात्रा योजना बनाउँदा थप आर्थिक क्षति हुन सक्ने भएकाले आधिकारिक सूचनालाई आधार बनाउनुपर्ने देखिन्छ।

चाडपर्वको समयमा स्वदेश फर्किन नपाउँदा नेपाली श्रमिकमा परेका चिन्ता कम गर्न सम्बन्धित निकायको समन्वित पहल आवश्यक छ। सुरक्षा अवस्था सामान्य भएसँगै उडान नियमित हुने र यात्रुले सहज रूपमा स्वदेश फर्किन पाउने वातावरण बनाउन सम्बन्धित पक्ष जिम्मेवार बन्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पछिल्लो समय साउदी अरबका विभिन्न क्षेत्रमा भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटनाले यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता बढाएको छ। एक नेपालीको मृत्यु र अन्य ३ नेपाली घाइते भएको घटनासँगै अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा स्वदेश फर्कने तयारीमा रहेका नेपालीसमेत अन्योलमा परेका छन्। अक्टोबर २१ मा साउदी अरबको पूर्वी क्षेत्रमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन अवरोध ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम