मुख्य समाचार
एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ
एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ

: सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र सात बुङ तास बरामद गरेको प्रहरीले जनाएको छ।

इटहरी उपमहानगरपालिका–४ शान्ति चोकस्थित द ईस्टन होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार राति छापा मारेको थियो। वडा प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जुवाखालबाट उनीहरूलाई पक्राउ गरेको इटहरीका डिएसपी शुबास हमालले बताएका छन् ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१ का ३७ वर्षीय मोहन घिमिरे र ३९ वर्षीय युवराज मगर, वडा नं। ८ का ४२ वर्षीय मनोज राई, ५२ वर्षीय ईश्वर कार्की वडा नम्बर ४ का ४० वर्षीय टीकाराम गेलाल,४० वर्षीय जीवन अधिकारी,४३ वर्षीय दुर्गाप्रसाद थापा र ४२ वर्षीय खगेन्द्र लिम्बू रहेका छन्।

पक्राउ परेका आठै जनालाई बरामद गरिएको नगद र ताससहित इलाका प्रहरी कार्यालय इटहरीमा ल्याइएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हमालले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाल्पामा बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसीथोक निवासी ३७ वर्षीया माया कुवँर रहेको प्रहरीले जनाएको छ । सोमबार बेलुका सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड अन्तरगत पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा नजिकै गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई प्राप्त जिम्मेवारी नबिराई र नडराई पूरा गर्ने बताएका छन्। स्याङ्जा आउने क्रममा सोमबार सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले आफू कर्म गर्नका लागि आएको र सधैं सत्कर्म गर्ने बताएका हुन्। ‘चमत्कार नै गर्छु भनेको छैन। कर्म गर्न आएको हुँ। कर्म गर्छु,’उनले भने। थापाले नेता तथा कार्यकर्ताको आस्था ...
: सशस्त्र प्रहरीले तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब ३ लाख मूल्य भन्दा बढीको बारुदजन्य पटाका बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापा तथा मातहतका कार्यालयहरूले सीमा क्षेत्रका विभिन्न नाका र चेकपोइन्टमा नियमित गस्ती तथा चेकजाँचलाई तीव्रता दिने क्रममा बरामद गरिएको ३ लाख ...
। सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन् । पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उनले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे । ‘विप्रेषण यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ’, उनले भने, ‘निजी क्षेत्रसँग मिलेर काम गर्न अहिलेको ...
: काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो दुर्घटनामा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । मृतक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र सोही ठाउँकी २२ वर्षीया अप्सरा राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार पुर्कुटीको शव आइतबार उदयपुरको कटारी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम