मुख्य समाचार
दशैँमा सुदूरपश्चिममा १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु, २४३ घाइते
दशैँमा सुदूरपश्चिममा १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु, २४३ घाइते

। सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका सवारी दुर्घटना भन्दा यो वर्ष दशैँमै बढी दुर्घटना भएको पाइएको छ ।

घटस्थापनादेखि शुक्रबारसम्म प्रदेशभर एक सय ५२ सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने दुई सय ४३ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रहरीकाअनुसार सबैभन्दा धेरै कैलालीमा ८८ सवारीसाधन दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने एक सय ४६ जना घाइते भएका छन् । कञ्चनपुरमा ३५ सवारी दुर्घटनामा दुई जनाको मृत्यु हुँदा ५० जना घाइते भएका छन् । यी दुई बाहेक अन्य जिल्लामा सवारी दुर्घटनामा मानिसको मृत्यु भने भएको छैन् ।

डडेल्धुरामा १०, डोटीमा ८, अछाममा ५, दार्चुला र बाजुरामा २/२ तथा बझाङ र बैतडीमा १/१ सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा ४७ जना घाइते भएका छन् ।

यो दशैँमा भएका सवारी दुर्घटनाको संख्याले अघिल्लो वर्षको रेकर्ड भने ब्रेक गरेको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म दुर्घटना भएका भन्दा यो दशैँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीकाअनुसार गत वर्ष दशैँदेखि छठ पर्वसम्म प्रदेशभर एक सय २२ सवारीसाधन मात्र दुर्घटनामा परेका थिए । ती दुर्घटनामा २३ जनाको मृत्यु हुँदा दुई सय ५३ घाइते भएका थिए । तर, यो वर्ष भने दशैँमै एक सय ५२ दुर्घटनामा छ जनाको मृत्यु र दुई सय ४३ जना घाइते भएका छन् ।

ट्राफिक प्रहरीको यो तथ्यांकले चाडपर्वका बेला हुने सवारी दुर्घटना नियन्त्रण तथा न्यूनीकरण गर्ने कुरा चुनौतीपूर्ण बन्दै जान थालेको छ । तर, दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या घट्ने कुरालाई सकारात्मक पक्षका रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाल्पामा बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसीथोक निवासी ३७ वर्षीया माया कुवँर रहेको प्रहरीले जनाएको छ । सोमबार बेलुका सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड अन्तरगत पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा नजिकै गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई प्राप्त जिम्मेवारी नबिराई र नडराई पूरा गर्ने बताएका छन्। स्याङ्जा आउने क्रममा सोमबार सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले आफू कर्म गर्नका लागि आएको र सधैं सत्कर्म गर्ने बताएका हुन्। ‘चमत्कार नै गर्छु भनेको छैन। कर्म गर्न आएको हुँ। कर्म गर्छु,’उनले भने। थापाले नेता तथा कार्यकर्ताको आस्था ...
: सशस्त्र प्रहरीले तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब ३ लाख मूल्य भन्दा बढीको बारुदजन्य पटाका बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापा तथा मातहतका कार्यालयहरूले सीमा क्षेत्रका विभिन्न नाका र चेकपोइन्टमा नियमित गस्ती तथा चेकजाँचलाई तीव्रता दिने क्रममा बरामद गरिएको ३ लाख ...
। सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन् । पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उनले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे । ‘विप्रेषण यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ’, उनले भने, ‘निजी क्षेत्रसँग मिलेर काम गर्न अहिलेको ...
: काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो दुर्घटनामा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । मृतक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र सोही ठाउँकी २२ वर्षीया अप्सरा राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार पुर्कुटीको शव आइतबार उदयपुरको कटारी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम