: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भएको बताउँदै यस अवसरमा सम्पूर्ण नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका हुन्। साथै, उनले प्रतियोगितामा सहभागी हुन आएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई पनि स्वागत गरेका छन्।
प्रधानमन्त्री बालेनको शुभकामना सन्देश
क्रिकेटका लागि शुभकामना:
'नेपालको सबैभन्दा ठूलो खेलकुद इभेन्ट, नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु हुँदैछ र यो केही वर्षमै एक ठूलो खेलकुद उत्सवको रूपमा विकसित भएको छ। लिगमा जोडिनुभएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडीहरू, कमेरेटरहरूलाई हार्दिक स्वागत छ र यो सुन्दर इभेन्टको लागि सम्पूर्ण नेपाली खेलाडीहरू, आयोजकहरू र क्यानलाई हार्दिक शुभकामना। नेपाली क्रिकेट सधैं अमर रहोस्।'