मुख्य समाचार
इजरायली सेनाले कब्जा गरिएको पश्चिम किनारको हेब्रोन सहरमा घर, व्यवसाय तथा अन्य संरचना भत्काएपछि सयौँ परिवार विस्थापित
इजरायली सेनाले कब्जा गरिएको पश्चिम किनारको हेब्रोन सहरमा घर, व्यवसाय तथा अन्य संरचना भत्काएपछि सयौँ परिवार विस्थापित

: इजरायली सेनाले कब्जा गरिएको पश्चिम किनारको हेब्रोन सहरमा घर, व्यवसाय तथा अन्य संरचना भत्काएपछि सयौँ परिवार विस्थापित भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार सैन्य कारबाहीका कारण एक हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् ।

इजरायली सेनाले हेब्रोनका ऐन देर बहा र फार्श अल–हावा क्षेत्रमा केन्द्रित रहेर घर, व्यावसायिक भवन, औद्योगिक स्थल तथा पूर्वाधारमा तोडफोड गरेको हो । सार्वजनिक भएका दृश्यमा बुल्डोजरले भवनहरू भत्काएको र कम्तीमा एउटा सडक आसपासका संरचना पूर्ण रूपमा ध्वस्त भएको देखिन्छ ।

स्थानीय अधिकारीहरूका अनुसार सेनाले सहरका विभिन्न भागमा आवतजावतमा कडा प्रतिबन्ध लगाएको छ । करिब दुई लाख जनसङ्ख्या रहेको हेब्रोनमा सर्वसाधारणको आवागमन प्रभावित भएको छ ।

हेब्रोनका मेयर युसुफ अल-जाबारीले सैन्य कारबाहीका कारण एक हजारभन्दा बढी मानिस विस्थापित भएको बताएका छन् । उनका अनुसार दर्जनौँ परिवारले रात बाहिरै बिताउनुपरेको छ । केही परिवारलाई आफ्ना सवारीसाधनसमेत नलिई घर छाड्न भनिएको र भत्काइने घरमा स्प्रे पेन्टले चिह्न लगाइएको उनले बताए ।

मेयर अल–जाबारीले करिब ०।३५ वर्ग किलोमिटर क्षेत्रबाट लगभग दुई हजार पाँच सय मानिसलाई विस्थापित गर्ने योजना रहेको आशङ्का व्यक्त गरेका छन् । सहरका गभर्नर र उपमेयरले भने कम्तीमा दुई सय परिवार विस्थापित भएको बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार दुई इजरायली सैनिकको ज्यान जाने गरी भएको आक्रमणपछि उक्त कारबाही घोषणा गरेका थिए । चेकपोइन्टमा दुई प्यालेस्टिनी बन्दुकधारीले गरेको आक्रमणमा तीन अन्य इजरायली सैनिक घाइते भएका थिए । आक्रमणमा संलग्न दुवै बन्दुकधारी पनि मारिएका थिए ।

नेतान्याहुले आक्रमण भएको स्थान वरपरका भवन र आक्रमणकारीका बस्तीमा रहेका संरचना भत्काइने बताएका थिए । उनले हेब्रोन पुगेर बस्तीहरूमा घर–घरमा खोजी गर्ने, हतियार बरामद गर्ने तथा आफूहरूले आतङ्कवादी पूर्वाधार मानेका संरचना नष्ट गर्ने बताएका थिए ।

इजरायली सेनाले सामाजिक सञ्जालमार्फत पश्चिम किनारका विभिन्न स्थानमा दर्जनौँ लक्ष्यमा कारबाही भइरहेको र यो अभियान केही दिनसम्म जारी रहने जनाएको छ । बीबीसीले प्रतिक्रियाका लागि गरेको अनुरोधमा सेनाले तत्काल जवाफ नदिएको समाचारमा उल्लेख छ ।

प्यालेस्टिनी प्राधिकरणले विस्थापन रोक्न निन्दामा मात्र सीमित नभई तत्काल अन्तर्राष्ट्रिय कदम चाल्न आग्रह गरेको छ । प्राधिकरणले जबर्जस्ती विस्थापन रोक्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको हो ।

प्यालेस्टिनीमाथि आक्रमणको आरोप लागेका व्यक्तिका घर भत्काउने इजरायलको अभ्यासलाई मानवअधिकार समूहहरूले सामूहिक सजायका रूपमा आलोचना गर्दै आएका छन् ।

यसैबीच, इजरायलका दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले पश्चिम किनारमा गाजा वा लेबनानमा जस्तै सैन्य अभियान चलाउनुपर्ने बताएका छन् । राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले प्यालेस्टिनी प्राधिकरण विघटन गर्नुपर्ने धारणा राखेका छन् ।

हेब्रोनका मेयरले भने आगामी निर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री नेतान्याहु र उनका मन्त्रीहरूले दक्षिणपन्थी तथा यहुदी बस्तीका समर्थक मतदातालाई आकर्षित गर्न यस्तो कारबाही गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
: यमनका हुथी विद्रोहीहरूले साउदी अरबको रणनीतिक 'पूर्व-पश्चिम' तेल पाइपलाइन, विभिन्न तेल प्रशोधन केन्द्र तथा मुख्य अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्। हुथी सैन्य प्रवक्ता याह्या सारीले एक विज्ञप्ति जारी गर्दै साउदी अरबका धेरै संवेदनशील तथा रणनीतिक स्थानहरूमा आफ्नो समूहले ब्यालेस्टिक मिसाइल र ड्रोनमार्फत निशाना बनाएको जानकारी दिएका छन्। हुथी समूहका अनुसार यान्बुस्थित ...
: फ्रान्समा शनिबार भएका प्रदर्शनमा चार लाखभन्दा बढी मानिस सहभागी भएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर करिब चार लाख १० हजार मानिस सडकमा उत्रिएका थिए । तीमध्ये करिब एक लाख १० हजार जना राजधानी पेरिसमा सहभागी भएका थिए । यो संख्या गत सप्ताहान्त पेरिसमा भएको प्रदर्शनमा सहभागी हुनेको हाराहारीमा रहेको मन्त्रालयले जनाएको ...
: फ्रान्समा सरकारविरोधी प्रदर्शन चर्किएपछि प्रहरीले विभिन्न सहरमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ । शनिबार देशभर भएका प्रदर्शनका क्रममा कम्तीमा एक हजार जनालाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन् । बिबिसि रिपोर्टका अनुसार फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार शनिबार देशभर करिब चार लाख मानिस प्रदर्शनमा सहभागी भएका थिए । तीमध्ये एक लाख १० हजार जना राजधानी ...
: उत्तर कोरियाली नेता किम जोङ उन चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा उनले डानडोङस्थित कोरियाली युद्ध स्मारकको अवलोकन गर्नुका साथै चीन र उत्तर कोरिया जोड्ने नवनिर्मित पुलको उद्घाटन गरेका छन्। किम एकदिने भ्रमणमा शनिबार चीन पुगेका हुन् भने उनी साेही दिन स्वदेश फर्किएका हुन् । उत्तर कोरियाको सरकारी समाचार एजेन्सीका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम