मुख्य समाचार
फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध
फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध

: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।

३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्।

एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीयमा उनले २०० रन बनाउनुका साथै सात विकेट लिएका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको नाममा २९८ रन र २४ विकेट छ।

सबैखाले टी–२० क्रिकेटमा एलेनले १७८ खेल खेल्दै १ हजार ६३४ रन बनाएका छन् भने १०९ विकेट लिएका छन्। यस प्रारूपमा उनको ब्याटिङ स्ट्राइक रेट १३९.८९ छ। उनले १०६ छक्का प्रहार गरेका छन्।

एलेनले सन् २०१६ मा जमैकाबाट प्रथम श्रेणी क्रिकेटमा पदार्पण गरेका थिए। सन् २०१८ मा भारत भ्रमणका क्रममा उनले वेस्ट इन्डिजको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका थिए। सन् २०२२ को सुरुवातमा व्यक्तिगत कारणले क्रिकेटबाट केही समय टाढिएका उनी सोही वर्ष अगस्टमा पुनः खेलमा फर्किएका थिए।

त्यसपछि उनले वेस्ट इन्डिजका लागि सीमित अवसर पाए पनि क्यारेबियन, यूएई, दक्षिण अफ्रिका, क्यानडा, पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशका विभिन्न टी–२० लिगमा खेलेका छन्। सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

'फेबियन एलेन अनुभवी टी–२० खेलाडी हुन्। उनको अलराउन्ड क्षमताले टोलीलाई बलियो बनाउने विश्वास लिएका छौँ। विशेषगरी स्पिन बलिङ र तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनको क्षमताबाट टोलीले फाइदा लिने अपेक्षा गरेका छौँ,' खड्काले भने।

टोलीमा अनुबन्ध भएपछि एलेनले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न उत्साहित रहेको बताए। ‘सुदूरपश्चिम रोयल्सको हिस्सा बन्न पाउँदा खुसी छु। नेपालमा आएर एनपीएल खेल्न र टोलीको सफलतामा योगदान दिन उत्साहित छु। समर्थकहरूका अगाडि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’ एलेनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
। वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। ३१ वर्षीय एलेन दायाँहाते ब्याटर र बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल ...
। कतारमा नोभेम्बर १९ देखि २९ सम्म हुने राइजिङ स्टार्स एसिया कपमा नेपाल भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँगै समूह ‘बी’ मा परेको छ। समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्। प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले ‘ए’ टोली खेलाउनेछन् भने नेपाल, यूएई र हङकङले राष्ट्रिय सिनियर टोली उतार्न सक्नेछन्। नेपालले समूह ...
। फिफा यू-१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको छ । अजरबैजानमा भएको खेलमा नेपाल ट्युनिसियासँग ३-१ ले पराजित हुन पुग्यो । ट्युनिसियाका लागि अयुब नुरी, करिम मुख्तार र अजिज मालेजले गोल गरे । नेपालका अर्जुन मगरातीले सान्त्वना गोल फर्काए । अब नेपालले आइतबार गिनी–बिसाउ र एल साल्भाडोरसँग प्रतिस्पर्धा गर्नेछ । सोमबार ब्राजिल ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम