मुख्य समाचार
मोटरबोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु १२ जनाको सकुशल उद्धार गरिएको छ भने चार जना बेपत्ता
मोटरबोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु १२ जनाको सकुशल उद्धार गरिएको छ भने चार जना बेपत्ता

: सुनसरीको बराहक्षेत्र मन्दिरबाट भोजपुरको त्रिवेणीतर्फ जाँदै गरेको मोटरबोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा परेका १२ जनाको सकुशल उद्धार गरिएको छ भने चार जना बेपत्ता छन्।

आइतबार भएको दुर्घटनामा मोटरबोटमा १९ जना यात्रु सवार रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रम भट्टराईले जानकारी दिए। उनका अनुसार १२ जनाको सकुशल उद्धार गरिएको छ भने बेपत्ता चारजनाको खोजी भइरहेको छ।

मृतक तीनैजनाको शव चतरा अस्पतालमा राखिएको छ। प्रारम्भिक अनुमानअनुसार मोटरबोट सञ्चालनका क्रममा आवश्यक सुरक्षा मापदण्ड पालना नगर्दा दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ।
सञ्चालकले स्थानीय प्रशासनसँग अनुमति नलिई मोटरबोट सञ्चालन गरेको र क्षमताभन्दा बढी यात्रु चढाएको स्थानीयले आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धनुषामा दम्पतीबीच विवाद हुँदा श्रीमानले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् भने त्यसपछि स्वयम् पनि आत्महत्या गरेका छन्। धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाहीस्थित ससुराली गएको समयमा शनिबार राति ९ बजे विवाद हुँदा श्रीमती र छोरामाथि धारिलो हतियार प्रहार भएको थियो। घटनामा श्रीमतीको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन्। धनुषाको उत्तरी ...
: इजरायलमा संसदीय निर्वाचन हुनु तीन दिन मात्र बाँकी रहँदा शनिबार राजधानी तेल अभिभमा हजारौं मानिसले प्रदर्शन गरेका छन्।प्रदर्शनकारीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको सरकारसँग सन् २०२३ अक्टोबर ७ मा भएको हमास आक्रमणसँग जोडिएका सुरक्षा त्रुटिहरूको स्वतन्त्र छानबिन गर्न माग गरेका छन्। समाचार एजेन्सी एएफपीका अनुसार 'अक्टोबर काउन्सिल' नामक समूहद्वारा आयोजित उक्त प्रदर्शनमा चार प्रमुख विपक्षी दलका ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मन्त्रालयको जिम्मेवारी सम्हालेको ६ महिनामा कृषि, पशुपालन र नीतिगत सुधारका क्षेत्रमा भएका कामहरूको कार्यप्रगति प्राप्त भएको छ । १३ चैत २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठन भएयता मन्त्रालयले गरेका कार्यप्रगतिको सूची मन्त्रालयले तयार पारेको हो । अनलाइनखबरलाई प्राप्त प्रतिवेदन अनुसार यस अवधिमा किसानको बक्यौता भुक्तानी, दुग्ध विकास संस्थान ...
: नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ । प्राधिकरणका ...
। दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । ४८ वर्षीय केशव विकको घरमा जुवातास खेलिरहेको अवस्थामा केशवसमेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको नेपाल प्रहरीको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम