। भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ ।
नेपाली सेनामा कार्यरत भीमदत्त नगरपालिका–८ का चन्दको दुई महिनासम्म पनि अत्तोपत्तो नचलेपछि परिवारले कुशको शव बनाएर अन्त्यष्टि गरेको हो ।
०७० सालमा सेनामा भर्ना भइ अमलदार दर्जाको पदमा रहेका उनलाई आइतबार नेपाली सेनाले अन्तिम सलामी दिएर भुजेला आर्यघाटमा अन्त्यष्टि गरिको हो ।
चन्द रसुवाको शिवनाथ गणको मैलुङ्ग पोष्टमा कार्यरत रहँदा भोटेकोशीमा आएको बाढीमा उनी बेपत्ता भएका थिए ।