मुख्य समाचार
ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण कार्य अन्तिम चरणमा
ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण कार्य अन्तिम चरणमा

: ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

कुनै अवरोध नआए निर्माण कार्य एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको ललितपुर महानगरपालिकाले जनाएको छ। सडक पार गर्ने क्रममा अकस्मात दुर्घटनामा परी १९ जनाले ज्यान गुमाइसकेकाले स्थानीय वडावासी र नगरवासीहरूको विशेष अनुरोधमा कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण गरिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।

पुल पार गर्नका लागि हिँड्न सक्नेहरूका लागि भर्‍याङको व्यवस्था गरिएको छ भने हिँड्न नसक्ने वा ह्वीलचियर प्रयोग गर्ने अपाङ्गता भएका व्यक्तिहरूका लागि आकाशे पुलको दुवैतिर लिफ्टको व्यवस्था गरिएको छ।

मेयर महर्जनले पुलको अनुमानित लागत करिब ५ करोड २० लाख रुपैयाँको हाराहारीमा रहेको बताए। अपाङ्गमैत्री क्रसिङ पुल निर्माण भएपछि यस क्षेत्रमा हुने सडक दुर्घटनाहरू पूर्ण रूपमा रोकिने महानगरको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मन्त्रालयको जिम्मेवारी सम्हालेको ६ महिनामा कृषि, पशुपालन र नीतिगत सुधारका क्षेत्रमा भएका कामहरूको कार्यप्रगति प्राप्त भएको छ । १३ चैत २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठन भएयता मन्त्रालयले गरेका कार्यप्रगतिको सूची मन्त्रालयले तयार पारेको हो । अनलाइनखबरलाई प्राप्त प्रतिवेदन अनुसार यस अवधिमा किसानको बक्यौता भुक्तानी, दुग्ध विकास संस्थान ...
: नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ । प्राधिकरणका ...
। दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । ४८ वर्षीय केशव विकको घरमा जुवातास खेलिरहेको अवस्थामा केशवसमेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको नेपाल प्रहरीको ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल सञ्चालन हुने भएपछि त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय परिसरमा प्रवेश गर्ने प्राध्यापक,कर्मचारी तथा विद्यार्थीलाई परिचयपत्र साथमा ल्याउन अनुरोध गरेको छ। विश्वविद्यालय क्याम्पस,कीर्तिपुरस्थित प्रिन्सिपलको कार्यालयले आइतबार सूचना जारी गर्दै विश्वविद्यालय परिसरमा प्रवेश गर्ने सबैलाई अनिवार्य रूपमा आफ्नो परिचयपत्र साथमा ल्याउन आग्रह गरेको हो। एनपीएलको तेस्रो संस्करणअन्तर्गतका क्रिकेट खेलहरू कात्तिक ९ ...
। कैलाली प्रहरीले मोबाइल र मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरीका मोबाइल र मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले टीकापुर क्षेत्रमा विभिन्न व्यक्तिका मोबाइल चोरीमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम