मुख्य समाचार
अलराउन्डर फेबियन एलेनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने
अलराउन्डर फेबियन एलेनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने

। वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।

३१ वर्षीय एलेन दायाँहाते ब्याटर र बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्।

एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीयमा उनले २०० रन बनाउनुका साथै सात विकेट लिएका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको नाममा २९८ रन र २४ विकेट छ।

सबैखाले टी–२० क्रिकेटमा एलेनले १७८ खेल खेल्दै १ हजार ६३४ रन बनाएका छन् भने १०९ विकेट लिएका छन्। टी–२० मा उनको ब्याटिङ स्ट्राइक रेट १३९.८९ छ। उनले यस प्रारूपमा १०६ छक्का प्रहार गरेका छन्।

एलेनले सन् २०१६ मा जमैकाबाट प्रथम श्रेणी क्रिकेटमा पदार्पण गरेका थिए। त्यसपछि सीमित ओभरको क्रिकेटमा आफ्नो पहिचान बनाएका उनले सन् २०१८ मा भारत भ्रमणका क्रममा वेस्ट इन्डिजको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।

सन् २०२२ को सुरुवातमा व्यक्तिगत कारणले क्रिकेटबाट केही समय टाढिएका एलेन त्यसै वर्ष अगस्टमा पुनः खेलमा फर्किएका थिए। त्यसपछि उनले वेस्ट इन्डिजका लागि सीमित अवसर पाए पनि क्यारेबियन, यूएई, दक्षिण अफ्रिका, क्यानडा, पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशका टी–२० लिगमा खेलेका छन्।

एलेनको आगमनले सुदूरपश्चिम रोयल्सको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कतारमा नोभेम्बर १९ देखि २९ सम्म हुने राइजिङ स्टार्स एसिया कपमा नेपाल भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँगै समूह ‘बी’ मा परेको छ। समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्। प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले ‘ए’ टोली खेलाउनेछन् भने नेपाल, यूएई र हङकङले राष्ट्रिय सिनियर टोली उतार्न सक्नेछन्। नेपालले समूह ...
। फिफा यू-१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको छ । अजरबैजानमा भएको खेलमा नेपाल ट्युनिसियासँग ३-१ ले पराजित हुन पुग्यो । ट्युनिसियाका लागि अयुब नुरी, करिम मुख्तार र अजिज मालेजले गोल गरे । नेपालका अर्जुन मगरातीले सान्त्वना गोल फर्काए । अब नेपालले आइतबार गिनी–बिसाउ र एल साल्भाडोरसँग प्रतिस्पर्धा गर्नेछ । सोमबार ब्राजिल ...
। पाकिस्तानका ब्याटर तथा टी-२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं आइपुगेका छन् । उनले कर्णाली याक्सबाट एनपीएल खेल्दैछन् । ३० वर्षीय दायाँहाते ब्याटर फरहानले पाकिस्तानका लागि ६ एकदिवसीय र ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनले दुई शतक र १३ अर्धशतकसहित १ हजार ५५४ रन बनाएका ...
: बङ्गलादेशका अलराउन्डर शमीम हुसेन पटवारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । लुम्बिनी लायन्सले शनिबार शमीमलाई टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो । लुम्बिनीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत शमीम टोलीमा आबद्ध भएको घोषणा गर्दै मैदानमा प्रदर्शनबाट जवाफ दिने समय आएको जनाएको छ । बायाँहाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने ...
। वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। २८ वर्षीय बायाँहाते ब्याटर र मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित छन्। उनी मध्यक्रममा ब्याटिङ गर्दै छिटो रन बनाउन सक्ने क्षमता राख्छन्। रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम