मुख्य समाचार
कालीगण्डकी नदीमा पुरुषको शव फेला
कालीगण्डकी नदीमा पुरुषको शव फेला

। स्याङ्जाको कालीगण्डकी नदीमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ ।

कालीगण्डकी गाउँपालिका–१ पुलक्यामस्थित नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा शनिबार बिहान शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार बिहान करिब ११ बजे अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको हो ।

मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।

प्रहरीले घटनास्थलमा शव जाँच, मुचुल्कालगायतका आवश्यक प्रक्रिया पूरा गरी शव वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको अवस्थीले जानकारी दिए ।

मृतकको पहिचान खुल्न नसकेकाले उनलाई चिन्ने आफन्त वा अन्य व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। धनुषामा श्रीमान–श्रीमती नै मृत भेटिएका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ३ मथिलेश्वरस्थित माइतमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहारको घाउ भएकाले उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ । रिनाका श्रीमान ३५ वर्षीय उमेश यादव पनि घरभन्दा करिब एक किलोमिटर पर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । उमेशको ...
। कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालको तालिमप्राप्त कुकुर ‘अल्फा’को सहयोगमा मुखभित्र लुकाइएको १.७८ ग्राम खैरो हेरोइन फेला परेको छ । शुक्रबार साँझ भीमदत्त नगरपालिका–१० स्थित भन्सार बेरियलमा गरिएको चेकजाँचका क्रममा उक्त पदार्थ फेला परेको हो । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट डग स्क्वाड टोली र प्रहरी टोलीले संयुक्त रूपमा चेकजाँच गरेको थियो । भारतको ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय जागरण अभियानमार्फत स्थानीय तह निर्वाचनको तयारी गर्ने बताएका छन् । पार्टीले शनिबारदेखि देशभर दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको जानकारी दिँदै पुनले अभियान मंसिर २५ गते समापन हुने बताए । अभियानको उद्देश्य सरकारका राष्ट्रहितविपरीत र जनविरोधी गतिविधि तथा प्रतिबद्धताविपरीतका कामबारे जनतालाई सुसूचित गराउनु रहेको उनको भनाइ छ । ‘गत ...
। विगतमा भएका कमजोरी स्वीकार्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुई महिने राष्ट्रिय जागरण अभियानमा होमिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गर्दै अभियानको उद्घाटन गरिएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डका अनुसार कमजोरी स्वीकार्दै नयाँ संकल्पसहित अगाडि बढ्न जनतामा जनताको कुरा सुन्न लागिएको हो । प्रचण्डले भनेका छन्, ‘हिजोका कमजोरी के रहे ...
। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम