मुख्य समाचार
माधवकुमार नेपालले ३५ वर्षको अवधिमा देशमा केही पनि भएन भन्ने भाष्यलाई तथ्यले प्रमाणित गर्न चुनौती
माधवकुमार नेपालले ३५ वर्षको अवधिमा देशमा केही पनि भएन भन्ने भाष्यलाई तथ्यले प्रमाणित गर्न चुनौती

: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले ३५ वर्षको अवधिमा देशमा केही पनि भएन भन्ने भाष्यलाई तथ्यले प्रमाणित गर्न चुनौती दिएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित जागरण अभियानको उद्घाटन कार्यक्रममा नेपालले ३५ वर्षमा केही भएन भन्ने कुरा तथ्य र प्रमाणले पुष्टि गर्न चुनौती दिएका हुन्। यो भाष्यलाई तथ्य र प्रमाणले पुष्टि गर्छ भने स्वीकार्न तयार छौं,’नेपालले भने।

पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले दुई महिने जागरण अभियानको सुरुवात गरिएको नेपालले बताए। जनताको मुद्दा बोकेर पार्टीलाई जनतासँग जोड्नका लागि अभियानको सुरुवात गरिएको उल्लेख गर्दै नेपालले आफूभित्रका कमीकमजोरी सच्याउन आफूहरू तयार रहेको बताए। जनतासँग टाढा भएर होइन, जनतासँग नजिक भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

त्यस्तै, नेपालले नेपाली जनताको पसिना र रगतबाट जारी भएको संविधानलाई कसैले समाप्त गर्न खोजेमा आफूहरूलाई सह्य नहुने बताए। संविधानको रक्षा र विधिको शासनको पालना गर्ने कुराप्रति प्रतिबद्धता जनाउने विषय जोडदार ढङ्गले उठाइने नेपालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मृतक गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका थिए । स्थानीयवासीले खोलामा ...
: धनुषामा दम्पतीबीच विवाद हुँदा श्रीमानले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् भने त्यसपछि स्वयम् पनि आत्महत्या गरेका छन्। धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाहीस्थित ससुराली गएको समयमा शनिबार राति ९ बजे विवाद हुँदा श्रीमती र छोरामाथि धारिलो हतियार प्रहार भएको थियो। घटनामा श्रीमतीको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन्। धनुषाको उत्तरी ...
: इजरायलमा संसदीय निर्वाचन हुनु तीन दिन मात्र बाँकी रहँदा शनिबार राजधानी तेल अभिभमा हजारौं मानिसले प्रदर्शन गरेका छन्।प्रदर्शनकारीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको सरकारसँग सन् २०२३ अक्टोबर ७ मा भएको हमास आक्रमणसँग जोडिएका सुरक्षा त्रुटिहरूको स्वतन्त्र छानबिन गर्न माग गरेका छन्। समाचार एजेन्सी एएफपीका अनुसार 'अक्टोबर काउन्सिल' नामक समूहद्वारा आयोजित उक्त प्रदर्शनमा चार प्रमुख विपक्षी दलका ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मन्त्रालयको जिम्मेवारी सम्हालेको ६ महिनामा कृषि, पशुपालन र नीतिगत सुधारका क्षेत्रमा भएका कामहरूको कार्यप्रगति प्राप्त भएको छ । १३ चैत २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठन भएयता मन्त्रालयले गरेका कार्यप्रगतिको सूची मन्त्रालयले तयार पारेको हो । अनलाइनखबरलाई प्राप्त प्रतिवेदन अनुसार यस अवधिमा किसानको बक्यौता भुक्तानी, दुग्ध विकास संस्थान ...
: नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ । प्राधिकरणका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम