मुख्य समाचार
फिफा यू-१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित
फिफा यू-१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

। फिफा यू-१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको छ ।

अजरबैजानमा भएको खेलमा नेपाल ट्युनिसियासँग ३-१ ले पराजित हुन पुग्यो । ट्युनिसियाका लागि अयुब नुरी, करिम मुख्तार र अजिज मालेजले गोल गरे । नेपालका अर्जुन मगरातीले सान्त्वना गोल फर्काए ।

अब नेपालले आइतबार गिनी–बिसाउ र एल साल्भाडोरसँग प्रतिस्पर्धा गर्नेछ । सोमबार ब्राजिल र डिआर कंगोसँग खेल्ने तालिका छ । नेपाल रहेको समूह चरणमा ब्राजिल, डिआर कंगो, एल साल्भाडोर, गिनी-बिसाउ र ट्युनिसिया छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कतारमा नोभेम्बर १९ देखि २९ सम्म हुने राइजिङ स्टार्स एसिया कपमा नेपाल भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँगै समूह ‘बी’ मा परेको छ। समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्। प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले ‘ए’ टोली खेलाउनेछन् भने नेपाल, यूएई र हङकङले राष्ट्रिय सिनियर टोली उतार्न सक्नेछन्। नेपालले समूह ...
। पाकिस्तानका ब्याटर तथा टी-२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं आइपुगेका छन् । उनले कर्णाली याक्सबाट एनपीएल खेल्दैछन् । ३० वर्षीय दायाँहाते ब्याटर फरहानले पाकिस्तानका लागि ६ एकदिवसीय र ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनले दुई शतक र १३ अर्धशतकसहित १ हजार ५५४ रन बनाएका ...
: बङ्गलादेशका अलराउन्डर शमीम हुसेन पटवारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । लुम्बिनी लायन्सले शनिबार शमीमलाई टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो । लुम्बिनीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत शमीम टोलीमा आबद्ध भएको घोषणा गर्दै मैदानमा प्रदर्शनबाट जवाफ दिने समय आएको जनाएको छ । बायाँहाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने ...
। वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। २८ वर्षीय बायाँहाते ब्याटर र मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित छन्। उनी मध्यक्रममा ब्याटिङ गर्दै छिटो रन बनाउन सक्ने क्षमता राख्छन्। रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका ...
। दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। उनलाई अनुबन्ध गरिएको कर्णाली याक्सले औपचारिक घोषणा गरेको छ । ३७ वर्षीय बायाँहाते ब्याटर मिलर मध्यक्रममा खेल्ने गर्छन्। छक्का प्रहार गर्ने क्षमताका लागि परिचित उनी टी–२० क्रिकेटका अनुभवी फिनिसर हुन्। मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम