मुख्य समाचार
उत्तर कोरियाली नेता किम जोङ उन शनिबार चीन पुगेका छन्
उत्तर कोरियाली नेता किम जोङ उन शनिबार चीन पुगेका छन्

: उत्तर कोरियाली नेता किम जोङ उन शनिबार चीन पुगेका छन्। दक्षिण कोरियाली सरकारी अधिकारीका अनुसार किम उत्तर कोरिया र चीनलाई जोड्ने हालै सञ्चालनमा आएको नयाँ यालु नदी पुल हुँदै चिनियाँ सीमावर्ती सहर डान्दोङ पुगेका हुन्।

दक्षिण कोरियाली अधिकारीले किम नयाँ यालु नदी पुल पार गरेर चीन प्रवेश गरेको जानकारी दिएका हुन्। सार्वजनिक रूपमा बोल्ने अधिकार नभएकाले ती अधिकारीले आफ्नो नाम खुलाउन नचाहेको रोयटर्सले जनाएको छ। मामिलाबारे जानकार अर्का दक्षिण कोरियाली अधिकारीका अनुसार चीनका प्रधानमन्त्री ली छ्याङले सीमावर्ती सहर डान्दोङमा किमलाई भेटेका थिए।

किमको यो भ्रमण सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धमा चीन सहभागी भएको वार्षिकोत्सवको एक दिनअघि भएको हो। दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार किम शनिबारकै भ्रमणपछि उत्तर कोरिया फर्किने अपेक्षा गरिएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय बैठक सोमबारदेखि सुरु हुने भएकाले त्यसअघि किम बेइजिङ जाने सम्भावना न्यून रहेको दक्षिण कोरियाली अधिकारीले रोयटर्सलाई बताएका छन्। चीनको विदेश मन्त्रालयले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

चीन र उत्तर कोरियाले दुई देशबीचको प्रमुख स्थलसीमा नाका मानिने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल लामो ढिलाइपछि यसै महिना सञ्चालनमा ल्याएका हुन्। वर्षौँदेखि तनावपूर्ण सम्बन्ध र कोभिड महामारीका कारण प्रभावित व्यापार तथा आर्थिक गतिविधिलाई पुनर्जीवित गर्ने उद्देश्यले पुल सञ्चालनमा ल्याइएको हो।

चीनको सरकारी थिंक ट्याङ्क लियाओनिङ एकेडेमी अफ सोसल साइन्सेसका चीन-उत्तर कोरिया सम्बन्धविज्ञ लु चाओका अनुसार किमको भ्रमण दुई देशबीच आर्थिक सम्बन्ध विस्तार र उच्चस्तरीय भेटघाट बढिरहेको पछिल्लो अवस्थासँग मेल खान्छ।

‘यो पुल सञ्चालनमा आएसँगै चीन र उत्तर कोरियाबीचको व्यापारिक ढुवानीमा रहेको प्रमुख अवरोध हटेको छ,’ लुले भने, ‘ढुवानीसम्बन्धी समस्या कम भएपछि दुई देशबीचको व्यापार थप बढ्ने सम्भावना छ।’

नयाँ पुलबाट उत्तर कोरियालाई विकासका लागि आवश्यक पर्ने ठूला उपकरण, कच्चा पदार्थ र ऊर्जा उत्पादनसम्बन्धी सामग्री ढुवानी गर्न सहज हुने अपेक्षा गरिएको छ। पछिल्लो १३ महिनामा दुई देशका नेताबीच दुईवटा शिखर बैठक भइसकेका छन्। यसले बेइजिङ र प्योङयाङबीच सम्बन्ध सुधार हुँदै गएको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विषय सुल्झाएपछि अमेरिकाले क्युबाको मामलामा ध्यान दिने बताएका छन् । ट्रम्पले क्युबासँगको सम्झौता अघि बढाउन अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई पठाइने सङ्केत पनि गरेका छन् । विदेशमन्त्री रुबियोले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै क्युबाका जनतालाई परिवर्तन ल्याउन अपील गरेका छन् । उनले क्युबामा सकारात्मक परिवर्तन चाहनेहरूका लागि यो सही समय भएको ...
। टर्कीले इरान समर्थित हुथी विद्रोहीहरूविरुद्धको कुनै पनि सैन्य संघर्षमा सहभागी हुने आफ्नो सोच नरहेको स्पष्ट पारेको छ । टर्कीको साउदी अरेबिया र पाकिस्तानसँग संयुक्त रक्षा सम्झौता छ । तर पनि उसले साउदीमा आक्रमण गरिरहेका हुथी विद्रोहीहरूविरुद्ध लड्न अस्वीकार गरेको हो । एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा टर्कीका रक्षामन्त्री यासर गुलेरले भनेका छन्, ‘हामी हुथीहरूसँग कुनै पनि ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध फेरि सैन्य कारबाही गर्ने धम्की दिएका छन्। ट्रम्पले शुक्रबार फ्लोरिडामा आयोजित एक र्‍यालीमा भने, ‘हामी अर्को सानो अपरेसन एपिक फ्युरी गर्न सक्छौँ।’ अमेरिकी सेनाले २८ फेब्रुअरीमा इरानविरुद्ध सुरु भएको युद्धलाई ‘एपिक फ्युरी’ नाम दिएको थियो। यद्यपि, ट्रम्पले पुनः सैन्य कारबाही कहिले वा कस्तो प्रकारको हुनेछ भन्ने खुलाएनन्। उता, इरानले यदि अमेरिका ...
: फ्रान्समा सरकारविरोधी प्रदर्शन थप चर्किने संकेत देखिएपछि सरकारले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ। विभिन्न सहरमा लाखौँ मानिस प्रदर्शनमा सहभागी हुने अपेक्षा गरिएको छ। सम्भावित हिंसा नियन्त्रण गर्न फ्रान्स सरकारले देशभर ७० हजार प्रहरी परिचालन गर्ने जनाएको छ। प्रदर्शनलाई ध्यानमा राख्दै फ्रान्सका विभिन्न सहरमा निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ। राजधानी पेरिसका केही प्रमुख मेट्रो ...
जोर्डनको काराक प्रान्तस्थित हमूद क्षेत्रको एक चर्चमा अन्त्यसंस्कार चलिरहेका बेला अज्ञात बन्दुकधारीहरूले गरेको अन्धाधुन्ध गोलीबारीमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ३४ जनाभन्दा बढी घाइते भएका छन्। शुक्रबार घटेको यो घटनाले मुस्लिम बहुल जोर्डनमा ठूलो शोक र आक्रोश पैदा गरेको छ। शान्त मानिने यस देशमा यस प्रकारका घातक हिंसाका घटनाहरू निकै कम मात्र हुने गर्छन्। घटनाको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम